FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले नाम नविकरण गर्नु प

     सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले नाम नविकरण गर्नु पर्ने

 

राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले नाम नविकरण गर्न अनुरोध गरेको छ । 

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालद्धारा एक सुचना निकाल्दै  राप्ती क्षेत्रका सम्पुर्ण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले आगामी श्रावण मसान्तभित्र वडा कार्यालयमा नाम नविकरण गर्न अनुरोध गर्नुभएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभाग सिंहदरवार काठमाण्डौको प्राप्त पत्र अनुसार   सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधी २०७५ अनूरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुलाई नविकरण गर्न अनुरोध गरिएको राप्ती गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका एम आई यस अपरेटर नारायण बहादुर राउतले जानकारी दिनु भएको छ ।
विगतका वर्षमा प्रत्येक आर्थिक वर्षको श्रावण १ गतेदेखी पौष मसान्तभित्र नाम नविकरणको लागी निवेदन दिनुपर्ने ब्यवस्था रहेकोमा हाल सो ब्यवस्था परिवर्तन भएको राउतले बताउनु भएको छ ।
हाल सामाजिक सुरक्षा निमावली २०७६ लागु भईसकेपछी नियमावलीको नियम ९ अनुरुप प्रत्येक आर्थिक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने ब्यवस्था रहेको छ । 
सो परिवर्तित ब्यवस्था अनुरुप हरेक सामाजिक सुरक्षा भक्त खानेले श्रावण मसान्तभित्र आ आफ्नो वडा कार्यालयमा गई नाम नविकरण गर्नकोलागी सबै लाभग्राहिहरुमा अनुरोध गरिएको छ । 

 

तिर्थराज ज्ञवाली
असार १८, मसुरीया(देउखुरी दाङ) 

आर्थिक वर्ष: