FAQs Complain Problems

समाचार

सिसहनियाँ उद्योग वाणिज्य संघद्धारा खाद्य बैकंमा एक लाख बढिको राहत प्रदान

सिसहनियाँ उद्योग वाणिज्य संघद्धारा खाद्य बैकंमा एक लाख बढिको राहत प्रदान
तिर्थराज ज्ञवाली
बैशाख ७ सिसहनिया(देउखुरी दाङ
दाङको राप्ती गाउँपालिकामा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न वर्ग लाई सहयोग पुग्ने गरि गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण  गरेको छ ।
कोरना विशेष राहत संकलनको क्रममा सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती गाउँपालिकाले स्थापना गरेको सिसहनिया खाद्य बैकंमा १ लाख ६ हजार ७ सय ४० रुपैया बरावरको  राहत सामग्री प्रदान गरिएको संघका अध्यक्ष शान्तराज भण्डारीले बताउनु भएको छ ।
राहत सामाग्री हस्तान्तरणको क्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु गोवर्धन रावत, बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, वडा सदस्य विष्णु गुरुङ लगायतले सिसहनियाँ उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण प्रभावित वडा नं ५, ६, ७ र ८ का नागरिकलाई उपलब्ध गराउने गरि दैनिक उपभोग्य सामाग्री चामल, तेल, दाल, नुन, आलु, खुर्सानि उपलब्ध गराएको महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिनुभएको छ  ।
विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरि नेपाल सरकारले लकडाउन गरेपछि नागरिकहरुमा खाद्य सामाग्रीको अभावलाई पुर्ति गर्न चामल २ हजार किलो, नुन १ सय किलो, तेल ४४ पोका, दाल ९ किलो र ४५० रुपैया बरावरको  आलु, खुर्सानि खाद्य बैकमा उपलब्ध गराईएको सचिव मदन पोख्रेलले बताउनु भएको छ ।
आपत विपतमा परेका आफ्नै गाउँठाउँका आफ्नै ग्राहकहरुलाई मानविय मनसायका साथ सिसहनिया उद्योग बाषिज्य संघमा आवद्ध ब्यवसायीहरुवाट उठाईएको खाद्य सामाग्रीहरु गाउँपालिकाको एकद्धार प्रणालीद्धारा वितरण गर्ने उदेश्यले वडा नं ५, ६, ७ र ८ का जनप्रतिनिधिको रोहवर तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको संघका सल्लाहकार भागवत ज्ञवाली भानुले बताउनु भएको छ ।
राहत सामाग्री हस्तान्तरणको क्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष युवराज सिंह ठकुरीले गाउँपालिकाले समग्र गरिव विपन्नको उच्चतम छानविन गरि राहत सामाग्री वितरण गर्न अनुरोध समेत गर्नु भएको छ ।
आगामी दिनमा सिसहनियाँ उद्योग वाणिज्य संघले आवस्यकता अनुसार गाउँपालिका क्षेत्रका नागरिकलाई राहत दिनुपर्ने अवस्थामा पुःन सहयोग समेत गरिने निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।
गत हप्ता सिसहनियाँ उद्योग वाणिज्य संघले अन्य पालिका वा देशमा घरभई सिसहनियाँ उद्योग वाणिज्य संघमा आवद्ध रहेर सिसहनिया क्षेत्रमा ब्यवसाय सञ्चालन गर्दै आएका १४ परिवार सहितका ब्यवसायीलाई खाद्य सामाग्री समेत वितरण गरेको कार्यलय सचिव युवराज सुवेदीले जानकारी दिनुभएको छ ।

 

date 2077.01.07

आर्थिक वर्ष: