FAQs Complain Problems

    सिसहनिया उद्योग बाणिज्य संघद्धारा स्वागत तथा विदाई 

          सिसहनिया उद्योग बाणिज्य संघद्धारा स्वागत तथा विदाई 

    सिसहनिया उद्योग बाणिज्य संघद्धारा सिसहनिया प्रहरि चौकी प्रमुखहरुको विदाई तथा स्वागत गरिएको छ  ।
 सिसहनिया उद्योग बाणिज्य संघद्धारा सिसहनिया प्रहरि चौकी प्रमुख गिरिराज पोखे्रलको  जिल्ला प्रहरि कार्यालय दाङमा सरुवा भएकोमा  विदाई गरेको छ । साथै नयाँ आउनु भएका  प्रहरि चौकी प्रमुख शिद्धिमान खड््काको स्वागत गरिएको छ  ।
 आईतवार एक कार्यक्रमको आयोजना गरि दुबै प्रमुखहरुको विदाई तथा स्वागत गरिएको हो   ।
सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाका अध्यक्ष  शान्तराज भण्डारीको अध्यक्षता, बयोबृद्ध डण्डपानी ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न विदाई तथा स्वागत कार्यक्रममा सिसहनिया उद्योग बाणिज्य संघका तर्फवाट महासचिव ईश्वरी अधिकारी तथा सचिव मदन पोख्रेले  स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाका अध्यक्ष  शान्तराज भण्डारीले  सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाका उद्योगी ब्यापारी तथा नागरिकको हितमा कामगर्ने संस्था भएकोले हरेक क्षेत्रबाट प्रहरि चौकी सिसहनियाले सुरक्षा दिईरहेकोमा आगामी दिनमा समेत सेवा भाव निरन्तर रहने बताउदै गिरिराज पोखे्रलका विदाई  साथै शिद्धिमान खड््काको स्वागत गर्नुभएको छ ।
कार्यक्रममा सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाका पुर्व अध्यक्ष पुर्ण बहादुर विसी, विहानी बचतका देव कुमार चौधरी, स्वास्थ्यकर्मी  प्रकाश विष्ट लगाएतकाले पुर्ब चौकी प्रमुख पोख्रेलले यस क्षेत्रमा खेलेको असल भुमीकाको प्रशंसा गर्नुभएको थियो साथै  नव आगन्तुक चौकी प्रमुख खड््कालाई  सिसहनिया वासीको सुरक्षाका लागि ज्यानदिएर लागि पर्ने शुभकामना दिनुभएको थियो । कार्यक्रममा  सिसहनिया उद्योग बाणिज्य संघमा आवद्ध ब्यापारी, उद्योगी तथा स्थानिय नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
तिर्थराज ज्ञवाली
३ चैत्र, सिसहनिया(देउखुरी दाङ)

आर्थिक वर्ष: