FAQs Complain Problems

अध्यक्ष सुवेदिद्धारा क्रियाशिल राजनैतिक पार्टी प्रतिनिधिहरुसंग छलफल

अध्यक्ष सुवेदिद्धारा क्रियाशिल राजनैतिक पार्टी प्रतिनिधिहरुसंग छलफल

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले  राप्ती क्षेत्रमा क्रियाशिल राजनैतिक पार्टी प्रतिनिधिहरुसंग छलफल गर्नुभएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष  सुवेदिले  गाउँपालिकाको चौथो गाँउसभा बस्नु पुर्ब राप्ती क्षेत्रमा क्रियाशिल राजनैतिक पार्टी प्रतिनिधिहरुसंग छलफल गर्नुभएको हो  ।
शुक्रवार राप्ती क्षेत्रमा क्रियाशिल राजनैतिक पार्टीका प्रमुखहरुसंग सल्लाह सुझाव, आगामी कार्यक्रम एवं पछिल्लो उपलब्धिका विषयमा छलफल गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
नेकपाका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, नेपाली काङग्रेशका राप्ती गाउँपालिका लालमटिया सभापति दुर्योधन पाण्डे, राप्रपा राप्ती गाउँपालिका टेक बहादुर गीरी, राष्ट्रिय जनमोर्चाका राप्ती गाउँपालिका अध्यक्ष केशबराज खनाल, नयाँ शक्क्तिका केन्द्रिय सदस्य होम प्रसाद शर्मा संग राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदिले समसामयिक सन्दर्भमा छलफल गरिएको हो ।
छलफलमा अध्यक्ष सुवेदिले राजनैतिक पार्टिका जिम्मेवार प्रतिनिधि संग सिचाई, नमुना विद्यालय, विकास निर्माणका पुर्वाधार, चुरे संरक्षण कार्यक्रम, नदीजन्य पदार्थको विक्रि प्रक्रिया, हाल लागु गरिएको करका विषयमा, सम्पुरक कोषको रकम, शिक्षक, विद्यालय, कर्मचारी, बनमा रहेका कार्यालय सम्वन्धि, ल्यान्डफिल सञ्चालन, बन क्षेत्रका मन्दिर तथा  पर्यटकीय स्थल जग्गा कित्ता काट विषयमा, एलानिमा बसोबास रहेका बजार ब्यवस्थापन तथा लालपुर्जा सम्वन्धमा, भु उपयोयको सम्वन्धमा, प्रदेश राजधानी, क्षत्रिय कार्यालय स्थापना लगाएतका विषयमा छलफल छलफल गर्नुभएको छ   ।

छलफलमा राजनैतिक पार्टिका जिम्मेवार प्रतिनिधिहरुले राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय तथा वडाहरुले सञ्चालन गरेका विभिन्न कार्यक्रम, तौर तरिक, नागरिक र स्थानिय सरकारका विचको सम्बन्ध, नागरिकको गुनासा तथा सहजता, जनप्रतिनिधि तथा कर्मचारी, विकास निर्माणका कार्यहरु, नमुना विद्यालयको अवस्था, शिक्षा, स्वास्थ्य, राोजगारी, कर, विभिन्न अनुगमनकार्यका बारेमा  ध्यानाकर्षण समेत गर्नुभएको छ ।
राजनैतिक पार्टिका जिम्मेवार प्रतिनिधिहरुसंग छलफल गर्दै अध्यक्ष सुवेदिले राप्ती गाउँकार्यपालिकाले नागरिकको हित अनुसारको कार्यगर्दै गएकोमा सम्पुर्ण राजनैतिक पार्टी तथा नागरिकले समेत सल्लाह सुझाव का साथ खवरदारि समेत गर्नकोे लागि अनुरोध गर्नुभएको छ ।
सो राजनैतिक पार्टिका जिम्मेवार प्रतिनिधिहरुसंग छलफलमा नेकपाका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, नेपाली काङग्रेशका राप्ती गाउँपालिका लालमटिया सभापति दुर्योधन पाण्डे, राप्रपा राप्ती गाउँपालिका टेक बहादुर गीरी, राष्ट्रिय जनमोर्चाका राप्ती गाउँपालिका अध्यक्ष केशबराज खनाल, नयाँ शक्क्तिका केन्द्रिय सदस्य होम प्रसाद शर्माले राम्रो कार्यको प्रशंसा तथा खरावहुन लागेमा खवरदारि गरि नागरिकको  स्थानिय सरकार प्रतिको आशा तथा भरोसाको संरक्षण गर्दै जाने तथा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदिले गाउँसभाको पुर्ब तयारीको अवस्थामा राजनैतिक पार्टिलाई छलफलको लागि बोलाईएकोमा धन्यवाद र सल्लाह सुझाव कार्यान्वयनका लागि समेत आग्रह गर्नुभएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

 

तिर्थराज ज्ञवाली
२५ माघ, मसुरीया(दाङ)

आर्थिक वर्ष: