FAQs Complain Problems

आगामी आर्थिक वर्ष२०७५।७६ का लागि राप्ती गाउँपालिकाका हरेक वडाको योजना छनौट

आगामी आर्थिक वर्षका लागि राप्ती गाउँपालिकाका हरेक वडाको योजना छनौट

तिर्थराज ज्ञवाली

 ५ असार, मसुरीया(दाङ)

राप्ती गाउँपालिकाका हरेक वडाका टोल बस्तीहरुवाट आगामी आर्थिक वर्ष २०७५।७६ का लागि योजना छनौट गरिएको छ ।

राप्ती गाउँपालिकाका हरेक टोल बस्तीको  विकास र नागरिकको सहजताको लागि राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालय  लागीपरेको र  स्थानिय सरकारको प्रत्याभुति गर्न पाउनुपर्ने अधिकार नागरिकको भएसंगै नागरिकले पनि राप्ती गाउँपालिका गाउँकार्यपालिकाको  प्रत्यक्ष जनतासंग सरोकार राख्ने विकासका योजना तथा कार्यक्रम हामी सबैको हो भन्ने सोचका साथ हातेमालो गरेर अगाडी बढेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले वताउनुभएको छ  ।

राप्ती गाउँपालिका श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकले वडाहरुलाई प्रस्ताव गरे अनुसारको बजेटमा आधारीत रहेर टोल बस्तीको योजना छनौट गर्ने, पहिचान गर्ने कार्य सम्पन्न गरिएको राप्ती गाउँपालिकाका नौवटै वडा अध्यक्षहरुको भनाई रहेको छ ।

राप्ती गाउँपालिका श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकले वडाहरुलाई  आर्थिक, सामाजिक , पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन र  सुशासन तथा संस्थागत विकासका क्षेत्रको योजना छनौट गर्न र नागरिकका आवस्यकता लाई प्रथमिकिकरण गरि योजना छनौट गर्न आग्रह गरेको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ  ।

राप्ती गाउँपालिकाका हरेक टोल वस्ती तथा वडाहरुवाट आगामी आर्थिक वर्षका लागि योजना छनौट भैसकेको र वडा गत रुपमा श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको प्रस्ताव अनुसारको बजेटमा रहेर योजना प्राथमीकताका आधारमा प्राप्त भएकोहुदा आगामी  गाउँ कार्यपालिकाबो बैठक तथा गाउँसभा वाट स्वीकृत गरि कार्य श्रावण १ गते वाटै नयाँ आर्थिक वर्षको योजनाको काम थालिने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिकाको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकले

वडा नं ८ का लागि प्रस्ताव गरेको बजेट अनुसार टोल बस्तीमा वडा समितिका सदस्यहरुलाई जिम्मेवारी अनुसार परिचालन गरि नागरिकहरुकोे आवस्यकता अनुसारको योजना छनौट गरीएको राप्ती गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगरको भनाई रहेको छ ।

 

राप्ती गाउँपालिकाको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकले

वडा नं २ मा आगामी आर्थिक वर्षका लागि ८५ लाख ६३ हजार बजेट प्रस्ताव गरेको र  टोल बस्तीमा गठन भएको टोल विकास संस्थाका सदस्यहरुको उल्लेख्य सहभागीतामा योजना छनौट गरिएको  राप्ती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिका वडा  न. ६ मा  नागरिकहरुले  टोल बस्ती बाट खासगरि बाटो सडक स्तरोन्नति, कृषि सिचाई , पशुपालन तथा लक्षित वर्गका लागि बजेट माग गरेको र जनप्रतिनिधि तथा कर्मचारी संयुत्त रुपमा टोल बस्तीमा  योजना छनौटमा सहभागीहुदा नागरिकलाई गाउँगालिकाका संञ्चालन भैरहेका तथा आगामी  कार्यक्रमका वारेमा लाभ लिन समेत  नागरिक लाई जानकारी गराईएको वडा नं ६ का वडा सचिव मंगल प्रसाद चौधरीले जानकारी दिनुभएको छ 

आर्थिक वर्ष: