FAQs Complain Problems

फरक फरक स्थानिय तहका सामुदायीक वनका उपभोक्ता भएपनि वनको कानुनमा सबैको समान अधिकारहुन आवस्यक

फरक फरक स्थानिय तहका सामुदायीक वनका उपभोक्ता भएपनि वनको कानुनमा सबैको समान अधिकारहुन आवस्यक

कुलपानि सामुदायकि वन उपभोक्ता समुहको २५ औ वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । सभामा  फरक फरक स्थानिय तहका सामुदायीक वनका उपभोक्ता भएपनि वनको कानुनमा सबैको समान अधिकारहुने बताईएको छ ।
बार्षिक रुपमा शहिद दिवसको अवसर पारेर साधारण सभाको आयोजना गर्ने कुलपानि सामुदायकि वन उपभोक्ता समुह गढवा गाउँपालिका १ बडहराले दुई  स्थानिय तहका उपभोक्ताहरुले बन प्रयोग गर्दै आएपनि सबैलाई समान रुपमा सामुदायीक वनको विधान तथा कार्ययोजनाले मान्दै  आएको र सबै उपभोक्ताहरुले बनपैदावार समेत आवस्यकता अनुसार प्रयोग गर्दै आएको बताईएको छ ।
बन समुहका अध्यक्ष देवलाल यादवको अध्यक्षता, प्रदेश नं ५ का सांसद ईन्द्रजित थारुको प्रमुख आथित्यता, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष रेश्मीराज नेपाली,राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको विशिष्ट आथित्यतामा  सम्पन्न २५ औ वार्षिक साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ । 
सभामा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले कुलपानी समुहले वातावरण तथा बन संरक्षणमा खेलेको भुमीकाको प्रशंसा गर्नुभएको छ । अध्यक्ष सुवेदिले वन वातावरण संरक्षण गर्दै प्राकृतिक सम्पदा को रक्षाको लागि कुलपानी वन समुहका उपभोक्ताको समेत प्रसंम्सा गर्नुभएको छ ।
सभामा  समुहका सचिव नवराज शर्माले समुहको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २५ औ वार्षिक साधारण सभाको अवसरमा समुहले उपभोक्ता समुहको कार्यक्षेत्रका विद्युवा, अपाङ्ग, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट उपभोक्ता, समुह खेलमा विजयी, समाजसेवीहरुहरुलाई सम्मान समेत गरिएको छ ।
२५ औ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम पश्यात बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने समुहका उपाध्यक्ष राकेश शर्माले जानकारी दिनुभएको छ ।

 

तिर्थराज ज्ञवाली
१६ माघ, कुलपानी(दाङ)

आर्थिक वर्ष: