FAQs Complain Problems

समाचार

माहुरी होमले  प्रहरी कार्यालय लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

माहुरी होमले  प्रहरी कार्यालय लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

राप्ती गाउँपालिकाकामा न्याय र सुशासनको क्षेत्रमा काम गर्दै आएको कपिलबस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गर्ने क्रममा भालुवाङ स्थीत ईलाका प्रहरी कार्यालय लाई समेत स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ । 
डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको हो ।
माहुरी होमले वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीको हात बाट ईलाका प्रहरी कार्यालय प्रमुख गंगा बहादुर सारुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ । माहुरी होमले प्रदान गरेको स्यानीटाइजर, मास्क, पिपिई, हेण्डवास, स्प्रे, थर्मल गण, ग्लोब्स, लगायत सामाग्री ईलाका प्रहरी कार्यालयका प्रसनी लक्ष्मी प्रसाद कडेले बुझ्नु भएको छ ।
कोरोना भाइरस माहामारी रोक्न प्रहरी दिनरात खट्नुपर्ने भन्दै संस्थाले स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको होे । पछिल्लो समयमा प्रहरीमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि सचेत हुँदै काम गर्न सहज गराउन स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।
माहुरी होमले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा रहेका प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

तिर्थराज ज्ञवाली
भदौ २४, भालुवाङ (देउखुरी दाङ)

आर्थिक वर्ष: