FAQs Complain Problems

राप्तीको वडा ५ मा सामाजिक स्वास्थ्यको अवस्थाको वारेमा अध्यन अन्तरक्रिया

राप्तीको वडा ५ मा सामाजिक स्वास्थ्यको अवस्थाको वारेमा अध्यन अन्तरक्रिया

वडा नं ५ का विभिन्न गाउँगाउँमा सरुवा रोग, नसर्ने रोग, दिर्घ रोग, मातृशिसु, बाल स्वास्थ्य, खोप तथा नागरिकको आर्थिक तथा सामाजिक स्वास्थ्यको अवस्थाको वारेमा  अध्यन तथा तथ्याङक संकलनका लागि आएको  काठमाण्डौ सातदोवाटो स्थीत  एसीएन कलेज फर एडभान्स स्टडीको लागी वडा नं ५ का सरोकार वालाहरुसंग अन्तरक्रिया गरिएको हो ।
राप्ती गाउँपालिका वडा न ं ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आथित्यतामा  सम्पन्न कार्यक्रममा  वडाका  १० टोल विकास संस्थाका अध्यक्षहरु, सामुदायिक वन समुहका अध्यक्षहरु, महिला स्वयंसेविकाहरु तथा समाजसेवि बुद्धिजिबीहरुको सहभागीता रहेको थियो ।
एसीएन कलेज फर एडभान्स स्टडीका  जनसंख्या संकाय स्नातक तेस्रो वर्षका विद्यार्थिहरुको समेत सहभागीता तथा प्रस्तुति रहेको कार्यक्रममा सिसहनिया स्वास्थ्य चौकी प्रमुख ज्ञान कुमार बसेल, उप प्राध्यापक राजेन्द्र लामीछाने लगाएतकाले हाम्रो समाजमा रहेका हरेक विषयको शुष्म अध्यन गरि आवस्यकता अनुरुप समाधान तथा विकास गर्नु आवस्यक रहेको बताउनु भएको छ ।

तिर्थराज ज्ञवाली
१५ माघ सिसहनिया(दाङ)

आर्थिक वर्ष: