FAQs Complain Problems

राप्तीको १५ दिने उपभोक्ता समिति तालिम दिनको समापन 

राप्तीको १५ दिने उपभोक्ता समिति तालिम दिनको समापन 

तिर्थराज ज्ञवाली 

१५ भाद्र, मसुरीया (दाङ)

राप्ती गाउँपालिकाले यस आर्थिक बर्ष २०७५।७६ का योजनाहरुको छिटो छरितो र गुनासो रहित सम्पन्न गराउन निर्माण उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीहरुलाई  सुरु गरेको अभिमुखीकरण तालिको वडा नं ९ मा समापन गरिएको छ । 

राप्ती गाउँपालिकाको सबै वडाहरुमा योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ भने तालिम लिन छुट भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई गाउँपालिकाले पुःन तालिमको ब्यवस्था गाउँपालिका स्तरमै गर्ने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभएको छ । 

राप्ती गाउँपालिकाले ९ वटै वडामा भाद्र १ देखी भाद्र १५ लाई उपभोक्ता समिति तालिम दिनको रुपमा अगाडी सारेको थियो  । जस अनुसार वडा नं ३ बाट सुरु गरि ९ ओटै वडामा तालिम दिदै वडा नं ९ मा तालिम दिन समापन गरिएको छ ।

राप्ती गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडा नं ९ मा यस आर्थिक बर्ष २०७५।७६ मा सञ्चालन हुने १४ वटा योजनाहरुको लागि गठित उपभोक्ता समितिहरुको लागि योजना सम्झौता गर्ने समय देखी फचौट गर्ने समय सम्म सहजहोस भन्ने उदेश्यले तालिमको ब्यवस्था गरिएको वडा न. ९ का अध्यक्ष रिम बहादुर सुनारीले जानकारी दिनुभएको छ ।

वडा न. ९ मा यस आर्थिक वर्षको योजनाहरुको निर्माण समितिका पदाधिकारीहरुले गत आर्थिक वर्षमा योजना सञ्चालन गर्ने समयमाकेहि अफ्ठेरो भएको र काम तथा कागजी प्रक्रियामा झन्झट देखीएकोले  यस आर्थिक वर्षको सुरुवात संगै सञ्चालन हुने योजनाहरुको लागि गठित उपभोक्ता समितिहरुको लागि राप्ती गाउँपालिकाले तालिमको ब्यवस्था गरेकोमा खुसी ब्यक्क्त गरेका छन् ।

उपभोक्ता समितिहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई  दिईएको तालिममा प्राविधिक पक्ष  तथा योजनाको गुणस्तर, समन्वय, कागजि प्रक्रिया लगाएतका विषयमा जानकार गरिएको छ ।

तालिम वडा नं ९ का अध्यक्ष रिम बहादुर सुनारीको अध्यक्षता, राप्ती गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको प्रमुख आथित्यता, ईन्जिनियर दिपक खड्का, लेखा अधिकृत खिमलाल वली, राजश्व शाखा प्रमुख रेशमराज अधिकारीको आथित्यता एवं वडा नं ९ को स्वीकृत योजनाका उपभोक्ता समितिका पदाधिकारीको सहभागीतामा सम्पन्न भएको छ ।

आर्थिक वर्ष: