FAQs Complain Problems

राप्तीमा काम गर्ने संघसंस्थाको कार्यक्रम तथा बजेट वारे छलफल

राप्तीमा काम गर्ने संघसंस्थाको कार्यक्रम तथा बजेट वारे छलफल
तिर्थराज ज्ञवाली
श्रावण ४, मसुरीया दाङ    
राप्ती गाउँपालिकाको क्षेत्र भित्र कार्यक्रम संञ्चालन गर्दै आएका संघ संस्थाहरुको आर्थिक वर्ष ७५।७६ को कार्यक्रम तथा बजेटका बारेमा  छलफल गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकले प्रथम चरणमा हाल राप्ती गाउँपालिका क्षेत्र भित्र विभिन्न विषय संग सम्वन्धित रहेर कार्यगर्दै आएका  स्वान, नामसालीङ सामुदायिक विकास केन्द्र, क्रियटिव पोसिविलीटि नेपाल र कारितास संस्थासंग आगामी कार्यक्रमका वारेमा छलफल गरिएको हो ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष  जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, नायब सुब्वा गिरिधारीप्रसाद पन्त, स्वान संस्थाका रेमन्त चौधरी, नामसालीङ सामुदायिक विकास केन्द्रका विनोद निरौला, क्रियटिव पोसिविलीटि नेपालकी दिपा चौधरी, कारितास संस्थाकी निमा चौधरी को सहभागीता रहेको छलफलले सम्पुर्ण संघ संस्थाले आर्थिक वर्ष ७५।७६ को कार्यक्रम तथा वजेटका वारेमा  गाउँपालिकामा जानकारी गराउने र कार्यक्रम सुरु गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

    
 

आर्थिक वर्ष: