FAQs Complain Problems

राप्तीमा पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको समिक्षा बैठक

राप्तीमा पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको समिक्षा बैठक

राप्तीमा पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको समिक्षा बैठक सम्पन्न भएको छ ।
पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिका अध्यक्ष राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यतामा बसेको बैठकले सिसहनिया स्वास्थ्य चौकी तथा लालमटिया स्वास्थ्य चौकीमा सञ्चालन भएका  ओटीसि सेवालाई थप प्रभावकारी बनाउदै लैजाने  र कुपोषणको मार वाट बालबालकिा लाई बचाउन  राप्तीका नौवटै वडामा गठित पोषण तथा खाद्य सुरक्षा समिति लाई  कार्य सक्रिय बनाउने, विद्यालयमा सञ्चालन भएको किशोरी आईरन चक्की कार्यक्रमलाई प्रभावकारीताको अनुगमन गर्ने, सुनौलो हजार दिन लाई विशेष ध्यान दिई बालबालीकाको बृद्धि विकासमा घर परिवार, छिमेकी,टोल, बस्ती, गाउँ, वडामा सक्रिएताका साथ लाग्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
राप्ती गाउँपालिकाको क्षेत्रमा  कार्यगदै आएको सुआहारा २ को कार्यक्रमको समेत समिक्षा गरिएको छ । बैठकमा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, वडा अध्यक्षहरु विद्याशरण चौधरी, गोवर्धन रावत तारा बहादुर डिसी, स्वास्थ्य शाखा संयोजक नारायण राउत, सुआहारा २ कार्यक्रमका सुरज शर्मा, बेशमा मान बहादुर चौधरी  लगाएतको सहभागीता रहेको थियो ।
पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको समिक्षामा सिसहनिया स्वास्थ्य चौकी तथा लालमटिया स्वास्थ्य चौकीलाई पोषण सम्वन्धि सामाग्री वितरण गरिएको छ ।

 

तिर्थराज ज्ञवाली
१४ माघ, मसुरीया (दाङ)

आर्थिक वर्ष: