FAQs Complain Problems

समाचार

राप्तीमा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिमा छलफल

राप्तीमा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिमा छलफल राप्ती गाउँपालिका र माहुरी होमको समन्वयमा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७ को नमुना अध्यनका लागि छलफल गरिएको छ ।

युके ए आइडीकोआर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले प्रस्तुत गरेको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७ को बारेमा गाउँपालिका जनप्रतिनिधि, मेलमिलाप कर्ता, निगरानी समुह, प्रहरी प्रतिनिधिहरुले सल्लाह सुझाव दिनु भएको थियो । राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको बैठकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७ लाई अध्यनका साथ कार्यपालिकामा लैजाने निर्णय गरिएको छ । प्रस्तुत गरिएको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७ मा लैङ्गिक हिंसा निवारणको सम्वन्धमा राप्ती पालिकाबाट स्विकृत नीति, योजना तथा कार्यक्रमको लागि कोषको रकम प्रयोग गर्ने पीडितलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन कार्यालयमा रकम व्यवस्था गर्ने, पीडितलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने, राहत तथा आर्थिक सहयोगको सदुपयोग भएनभएको सम्वन्धमा अनुगमन गर्ने वा गराउने, गाउँपालिका स्तरमा लैङ्गिक हिंसा निवारणको क्षेत्रमाकार्यरत विभिन्न संघ संस्था तथा निकायहरु बीच समन्वय गर्ने, लैङ्गिक हिंसा हुन नदिनको लागि स्थानीय स्तरमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिका भित्र घटेका लैङ्गिक हिंसा सम्वन्धि घटनाको अभिलेख अद्यावधिक गर्ने, सीप मूल कतालिम सञ्चालन तथा व्यवसायका लागि खर्च अनुदान व्यवस्थापन गर्ने, लैङ्गिक हिंसा निवारणको क्षेत्रमाकाम गर्ने अन्यनिकाय तथा संस्थासँग समन्वय गर्ने, कोष वृद्धिका लागि श्रोतको खोजी गर्ने लगायतका विषय बस्तु समेटिएको छ । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी जिसी र माहुरी होमकी सामाजिक परिचालक पुष्पा बन्जाडेले लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७ मा उल्लेख गरिएका विषयमा सहजी करण गर्नु भएको थियो । तिर्थराज ज्ञवाली मंसीर २५, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: