FAQs Complain Problems

राप्तीमा सामुदायिक विद्यालयहरुलाई प्रस्ताब पेश गर्न आब्हान 

राप्तीमा सामुदायिक विद्यालयहरुलाई प्रस्ताब पेश गर्न आब्हान 

               
राप्ती गाउँपालिका  गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाले राप्ती गाँउपालिका अन्तर्गतका सम्पुर्ण  सामुदायिक विद्यालयहरुलाई प्रस्ताब पेश गर्न सूचना जारी गरेको छ  ।

एक सुचना मार्फत राप्ती गाँउपालिका अन्तर्गतका विद्यालयहरुलाई राप्ती गाउँपालिकालाई विद्यालय क्षेत्र विकास कार्यक्रम स्कुल सेक्टर डेभलपमेन्ट प्रोग्राम अन्तर्गत चालु आ.ब. २०७५।०७६ मा गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुलाई वितरण गर्न शसर्त अनुदानका रुपमा  कार्य गर्ने गरि पाँच शिर्षकमा प्रस्तावना माग गरिएको राप्ती गाउँपालिका  गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यबस्थापन, शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग, माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, गणित विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारित सामाग्री प्रदान, पानी तथा स्वास्थ्य र सरसफाई सहितको शौचालय निर्माणका लागि प्रस्तावना माग गरिएको राप्ती गाउँपालिका  शिक्षा शाखा प्राविधिक सहायक फनेन्द्रराज देवकोटाले बताउनुभएको छ ।

     कार्यक्रमहरु इच्छुक विद्यालयहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७५।०७६ बमोजिमको प्रक्रिया पुरा गरी मिति २०७५ माघ मसान्त सम्म यस कार्यालयमा प्रस्ताब पेश गर्न समेत अनुरोध गरिएको छ  ।
राप्ती गाउँपालिकाका लेखा अधिकृत खिमलाल वलीका अनुसार माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यबस्थापन कार्यका लागि एक स्थानका लागि छ लाख पँचास हजार, शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग कम्प्यूटर, इन्टरनेट, कनेक्टिभिटी, इक्यूपमेन्टस् तथा किट्स खरिद का लागि एक स्थानका लागि छ लाख पँचास हजार, माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान एक स्थानका लागि छ लाख पँचास हजार, गणित, विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारित सामाग्री अनुदान एक स्थानका लागि पँचास हजार, पानी तथा स्वास्थ्य र सरसफाई सहितको शौचालय निर्माणका लागि दुइ स्थानका लागि सात लाख रकम बरावरको प्रस्ताब पेश गर्न विद्यालयहरुलाई अनुरोध गर्नुभएको छ ।
गाउँपालिकाले प्रस्तावना पेश गर्ने मापडण्ड समेत तोकेको छ जसमा माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यबस्थापन फिक्सिङ, किताब खरिद तथा इ. पुस्तकालय समेतका लागि हालसम्म पुस्तकालय नभएको, हालसम्म पुस्तकालय व्यवस्थापन अनुदान प्राप्त नगरेको, माध्यामिक तहमा विद्यार्थी संख्या उच्च रहेको, पुस्तकालयका लागि आबश्यक कक्षा कोठा उपलब्ध भएको, विद्यालयको शुरु अनुमति÷स्वीकृति पत्र रहेको, शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग कम्प्यूटर, इन्टरनेट, कनेक्टिभिटी, इक्यूपमेन्टस् तथा किट्स खरिद का लागि इन्टरनेट तथा विद्युतको पहुच भएको, माध्यामिक तहमा गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षकहरुको आईसिटि का माध्यमवाट शिक्षण गर्न सक्ने क्षमता तथा तत्परता रहेको, विद्यालयको शुरु अनुमति स्वीकृति पत्र भएकोले प्रस्तावना पेश गर्न सक्ने छन् साथै माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदानका लागि हालसम्म विज्ञान प्रयोगशाला नभएका, हालसम्म विज्ञान प्रयोगशाला अनुदान प्राप्त नगरेको , माध्यामिक तहमा विद्यार्थी संख्या उच्च रहेको, विद्यालयको शुरु अनुमति स्वीकृति पत्र भएकाहरुल, गणित, विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारित सामाग्री अनुदान कक्षा ६–८ सञ्चालित विद्यालयका लागि प्रत्येक कक्षाकोठामा सिकाई कुना भएको, स्थानीय सामाग्री निर्माण र प्रयोग भएको, एक शिक्षक एक शैक्षिक झोला कार्यक्रम लागु भएका र पानी तथा स्वास्थ्य र सरसफाई सहितको शौचालय निर्माण आधारभूत तथा माद्यमिक विद्यालयका लागि शौचालय निर्माण प्रस्तावना, विद्यालय.व्यवस्थापन समिति को निर्णय पतिलिपी, वडा कार्यालयको सिफारिस पत्र, हाल भई रहेका शौचालयहरुको अबस्था देखिने फोटोहरु, शौचालय निर्माणका लागि पर्याप्त जग्गा भएको आधार पेश गर्नुपर्ने बताईएको छ । 

तिर्थराज ज्ञवाली
२३ माघ,मसुरीया(दाङ)

आर्थिक वर्ष: