FAQs Complain Problems

राप्तीमा स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाको कार्यक्रम सञ्चालन हुदै

राप्तीमा स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाको कार्यक्रम सञ्चालन हुदै

स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाले राप्ती गाउँपालिकाको क्षेत्रमा स्वास्थ्य संग सम्वन्धित कार्यक्रम संञ्चालनका लागि आफ्नो कार्यक्रम तालीका सोमवार प्रस्तुत गरेको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल तथा गाउँपालिकाका विभिन्न शाखा प्रमुखको सहभागीतामा रहेको योजना तथा कार्यक्रम तालीका प्रस्तुति कार्यक्रममा परियोजनाको तर्फवाट सविता पोख्रेलले जानकारी गराउनु भएको थियो ।
स्वास्थ्यको विषय संग सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने सो परियोजनाले आगामी चार वर्षसम्म कार्यगर्ने बताईएको छ ।

तिर्थराज ज्ञवाली
१५ माघ सिसहनिया(दाङ)

आर्थिक वर्ष: