FAQs Complain Problems

राप्तीमा “नतिजामुखी प्रशासनः समृद्धि र सुशासन” नारा सहित निजामती सेवा दिवश २०७५ मनाईयो 

राप्तीमा “नतिजामुखी प्रशासनः समृद्धि र सुशासन” नारा सहित निजामती सेवा दिवश २०७५ मनाईयो 
तिर्थराज ज्ञवाली    
 २२ भाद्र, मसुरीया (दाङ)
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मसुरीया दाङमा  “नतिजामुखी प्रशासनः समृद्धि र सुशासन” भन्ने मुल नारा सहित निजामती सेवा दिवश २०७५ मनाईएको छ ।
निजामती सेवा दिवश राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, भौतिक पुर्वाधार विकास समितिका संयोजक विष्णु बहादुर घर्ती क्षेत्रिको विशिष्ठ आथित्यता तथा राप्ती गाउँपालिकाका सम्पुर्ण निजामति तथा अन्य कर्मचारीहरुको सहभागीतामा  मनाईएको छ । 
औपचारीक मन्तब्य कार्यक्रम, कार्यालय परिसर सरसफाई, फुल तथा विरुवा रोपण, शुभकामना आदान प्रदान, उत्कृष्ट कर्मचारी सम्मान एवं चियापान सहितको कार्यक्रम गरि निजामती सेवा दिवश  २०७५ राप्ती गाउँपालिक गाउँकार्यपालिकाको कार्यालय मसुरीया दाङमा  मनाईएको छ ।
प्रमुख अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले सम्पुर्ण निजामति कर्मचारी तथा अन्य कर्मचारी सबैलाई  दिवशको अवसरमा शुभकामना दिनुभएको छ । सथै यस राप्ती गाउँपालिका तथा सिङ्गो नेपालको समृद्धिमा कर्मचारीले खेलेको भुमीकाको प्रशंसा ब्यक्त्त गर्नु भएको छ । कार्यक्रममा सहभागी  उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, भौतिक पुर्वाधार विकास समितिका संयोजक विष्णु बहादुर घर्ती क्षेत्रिले समेत निजामति कर्मचारी तथा अन्य कर्मचारी सबैलाई  दिवशको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले नेपालको समृद्धिका लागि निजामति कर्मचारीे सदैब लागीरहेको तथा नागरिक, सेवा ग्राहिको  सेवा र सहयोगका लागि सधैव लागिरहने समेत  बताउनु भएको छ ।  यो देशमा राजनैतिक संक्रमणको अवस्थामा राज्यको  प्रमुख जिम्मेवारी लिएर देशलाई असल बाटोतर्फ लैजाने उदाहरणीय काम गर्न सफल रहेको हुदा निजामति कर्मचारीको देशको समृद्धिको अभियानमा अहम भुमीका रहेको बताउनुभएको छ ।
प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले सम्पुर्ण निजामति कर्मचारीहरुको उन्नति प्रगति तथा कार्यकुशलताको प्रशंसा सहित शुभकामना ब्यक्क्त गर्नुभएको छ ।
                                .....
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मसुरीया दाङमा “नतिजामुखी प्रशासनः समृद्धि र सुशासन” भन्ने मुल नारा सहित निजामती सेवा दिवश २०७५ मनाईएको छ । सो कार्यक्रमका केहि झलक फोटोहरु  ः  

 

आर्थिक वर्ष: