FAQs Complain Problems

राप्ती गाउँपालिकाका अध्यक्ष श्री नुमानन्द सुवेदीज्यूद्वारा तेस्रो गाउँ सभामा प्रस्तुत आ.व.०७५÷०७६ को नीति तथा कार्यक्रमहरुको पुर्ण पाठ

राप्ती गाउँपालिकाका अध्यक्ष श्री नुमानन्द सुवेदीज्यूद्वारा तेस्रो गाउँ सभामा प्रस्तुत आ.व.०७५÷०७६ को  नीति तथा कार्यक्रमहरुको पुर्ण पाठ

यस सम्मानीत सभाका सदस्यज्यूहरु, 
    नेपालको संविधान,स्थानीय सरकार संचालन ऐन २०७४, संघ तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन एवं यस गाउँपालिकाका सार्वभौमसत्ता सम्पन्न गाउँबासीको ईच्छा र चाहनालाई उच्च सम्मान गर्ने मूल ध्येयका साथ देहाय वमोजिमका नीतिको कार्यान्वयन मार्फत यस गाउँपालिका बासीहरुलाई सवृद्ध र सुखी बनाउने अभिलासा लिएको छु ।
अव म यस सम्मानीत सभा समक्ष आर्थिक वर्ष ०७५÷०७६को सामाजिक विकास सम्वन्धी नीतिहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
शिक्षा तथा खेलकुद तर्फ
१. आधारभूत तहको शिक्षालाई पूर्णरुपमा निशुल्क गर्न निजी स्रोतमा कार्यरत शिक्षकको आवस्यकता
पहिचान गरी समानताका आधारमा गाउँपालिकाबाट तलब वाफतको अनुदान रकम उपलव्ध गराउने
व्यवस्था मिलाईने छ ।
२. गाउँपालिका क्षेत्र भित्र संचालित चार वटा नमुना सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको मापदण्ड बमोजिमको पुर्वाधार र शैक्षिक स्तरमा सुधार गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ । साथै नयाँ थप २ विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गरिने छ । 
३. वाल विकास केन्द्रहरुलाई प्रभावकारी र वालमैत्री वनाउने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
४. गाउँपालिका क्षेत्र भित्रका विद्यालयको पहँुच बाहिर रहेका वालवालिकाहरुको विद्यालयमा पहुँच वृद्धी गर्न अभिभावक चेतना अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ ।
५. विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धी गर्न अनुगमन समिति अझ सकृय बनाई नियमित अनुगमन र  विधुतिय हाजिर प्रणाली अपनाइनेछ  ।
६. परीक्षा र मुल्यांकल पद्धतिलाई थप वैज्ञानिक बनाउँदै लगिनेछ ।
७. विद्यालयहरुमा अध्ययन अध्यापन गराईने पाठ्यक्रमलाई प्राविधिक ,व्यवसायीक , वैज्ञानिक र समय सापेक्ष बनाउन साथै स्थानिय भाषाको पाठ्यक्रम लागु गर्न आवश्यक पहल गरिनेछ ।
८. विद्यालयहरुमा शिक्षक , अविभावक ,विद्यार्थी र सरोकारवालाको सहभागितामा अन्तरकृया कार्यक्रम संचालन गरिनेछ ।
९. विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालयहरुमा हरेक शुक्रवार अतिरिक्त कृयाकलाप संचालनमा जोड दिईनेछ । साथै स्वास्थ्यको लागी स्वच्छ पिउने पानीका व्यवस्था गरिनेछ ।
१० .विद्यालयको नतिजामा आधारित शिक्षक प्रोत्सहान प्रणाली संचालन गरिनेछ ।
११. शिक्षकको क्षमता अभिवृद्धी गर्न आवश्यक शैक्षिक तालिमको व्यवस्था गरिनेछ ।
१२. सबै विद्यालयहरुमा शिक्षक विद्यार्थी आचारसंहिता बनाई लागु गरिनेछ ।
१३. माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय र छात्र छात्रालाई प्रोत्साहन गरिनेछ ।
१४.विद्यालयको अनुगमन , सुपरीवेक्षण , र अविभावक शिक्षामा जोड दिईनेछ ।
१५. गाउँपालिका क्षेत्र भित्र यसै आ.व.मा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गरिनेछ ।
१६. खेलकुदका माध्यमबाट युवाहरुको व्यक्तित्व बिकास गर्न तथा प्रदेश एवं राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने क्षमता अभिवृद्धी गर्न गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताहरु संचालन गरिनेछ ।
१७.संस्थागत विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्न गरेको योगदानको उच्च मुल्यांकन गर्दै विपन्न वर्ग प्रति सामाजिक दायीत्व वोध गराउन र सामुदायीक विद्यालयहरु सँग शिक्षण सिकाई तथा अनुभव आदान प्रदान गर्न प्रोत्साहन गरिनेछ ।
१८.निरन्तर शिक्षा (अनौपचारिक शिक्षा) कार्यक्रमहरु संचालनका माध्यमबाट साक्षर गाउँपालिकाको रुपमा पहिचान गरिनेछ ।
१९ .विद्यालय शान्तीक्षेत्र घोषणा कार्यक्रमलाई कार्यान्वयन गरिनेछ ।
    
स्वास्थ्य तर्फ 

        प्राथमिक स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएकोले विभिन्न उपचारात्मक , प्रतिकारात्मक , र प्रवर्धनात्मक कार्यक्रमहरु संचालन गर्न देहायबमोजिमको निति अवलम्वन गरिनेछ ।

१. यस.वि.ए. तालिम प्राप्त स्वास्थ्यकर्मिबाट गर्भ जाँच र स्वास्थ्य संस्थामा प्रसुति गराउन जोड दिई शुन्य होम डेलिभरी वडा घोषणा गर्दै जाने कार्यक्रमलाई निरन्तरता दिइनेछ र कुनै एउटा वडालाई चालु आ.व.मा शुन्य होम डेलिभरी वडा घोषणा गरिनेछ ।
२. स्वास्थ्य संस्थाको निःशुल्क औषधि उपचारको लागी सुचिकृत औषधिहरुको अभाव हुन नदिने व्यवस्था मिलाईनेछ ।
३. दुर्गम पहाडी क्षेत्र र स्वास्थ्य संस्थाको पहुँच नपुगेका वडाहरुमा स्वास्थ्य सेवाको पहुँच पु–याउन पहल गरिनेछ ।
४. निःशुल्क स्वास्थ्य शिविर , खोप क्लिनिक , गाउँघर क्लिनिक , परिवार नियोजन र पुर्णखोप सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
५. गाउँपालिका भित्र बढ्दो क्रममा रहेको क्षयरोग प्रकोपलाई नियन्त्रण गर्न माईक्रोष्कोपी क्याम्प , स्क्रिनिङ , क्षयरोगमैत्री उपचार केन्द्र संचालन , सामुदायीक डट्स कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
६. एच.आई. भि. एड्स , औलो ,न्युमोनिया , झडापखाला ,कुष्ठरोग , जस्ता सरुवारोग तथा नसर्ने रोग , किशोर किशोरी प्रजनन् स्वास्थ्य , वाल स्वास्थ्य , परिवार नियोजन , वातावरणीय सरसफाई सम्बन्धी चेतनामुलक कार्यक्रमहरु संचालन तथा प्रशारण गरी समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउने नीति अवलम्वन गरिने छ ।
७. महिला स्वास्थ्य स्वयं सेविकाको भुमिकालाई प्रभावकारी बनाउन प्रोत्साहन गर्ने निति अवलम्बन गरिनेछ ।
८. परिवार नियोजनका साधनको प्रयोग दर बढाउन महिला स्वास्थ्य स्वयं सेविका , संघ संस्था , र सरोकारवाला निकायहरुलाई परिचालन गरिनेछ ।
९. सम्पुर्ण बालबालिका हरुको उमेर अनुसारको पोषण बारे जानकारी पाउन बृद्धी अनुगमन गरी उनीहरुलाई बालभिटा, भिटामिन ए, जुकाको औषधि आवश्यकता अनुसार वितरण गर्ने र लक्षित समुहलाई अभिमुखिकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । साथै सुआहारा –२ मार्फत संचालित पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१०. गाउँपालिकाको लक्षित जनसंख्या तथा स्वास्थ्य सुचक लगायत समग्र स्वास्थ्य अवस्थाको जानकारीका लागी स्वास्थ्य सर्वेक्षण गरिनेछ ।
११. मानसिक स्वास्थ्य अन्तरगत मनोविमर्श सेवालाई निरन्तरता दिईनेछ ।
१२. एम्बुलेन्स सेवालाई अझ प्रभावकारी बनाउन र शुन्य होम डेलीभरी कार्यक्रमलाई सफल पार्न भाडामा एकरुपता र प्रसुति सेवाका लागी सहुलियतको व्यवस्था गरिनेछ ।
१३. स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको नियमित रुपमा अनुगमन तथा मुल्यांकन गरिनेछ । अभिलेख तथा प्रतिवेदनलाई व्यवस्थित गरिनेछ ।
१४. स्वास्थ्य संस्था स्तरको स्टाफ बैठक , व्यवस्थापन समितिको मासिक बैठक र गाउँपालिका स्तरको मासिक र वार्षिक समिक्षा बैठक नियमित रुपमा गरिनेछ । निजी स्तरमा संचालित स्वास्थ्य संस्था तथा औषधि पसलहरुको नियमन तथा अनुगमन गरी व्यवस्थित गरिनेछ ।
१५. स्वास्थ्य संस्थाहरुको स्तर उन्नतिको लागी पहल गरिनेछ ।
१६. स्वास्थ्य संस्थाहरुमा कार्यरत स्थायी कर्मचारीहरुको क्षमता अभिवृद्धीको कार्यक्रम संचालन गरिने छ ।
१७. जेष्ठ नागरिकहरुको उपचारमा सघाउ पु–याउन जेष्ठनागरिक स्वास्थ्य शिविरहरु संचालन गरिनेछ ।
१८. यस गाउँपालिका क्षेत्रमा सडक दुर्घटना उपचार केन्द्र(ट्रमा सेन्टर) र राप्ती हाईवे अस्पत्ताल स्थापनाका लागी पहल गरिनेछ ।
१९. स्वस्थ सुसंस्कृत र नैतिकवान चरित्र निमार्णका लागी योग साधना केन्द्र र संस्कार शिविर संचालन गरिने छ ।
२०. सुत्केरी महिला,अनाथ बालबालिका,जेष्ठ नागरिक र दिर्घ रोगीहरुलाई गाउँपालिकाबाट दिदै आएको सहयोगलाई निरन्तरता दिईनेछ । 

खानेपानी तथा सरसफाई तर्फ 

१. शुद्द पिउने पानीको उपलब्धता सुनिश्चित गर्न चालु आ.व.मा गाउँपालिका क्षेत्र भित्र स्थापना भई संचालनमा रहेका संघ संस्थाहरुमा पानी शुद्धीकरणका लागी आवश्यक सामान खरिदमा सहुलियत प्रदान गरिनेछ ।
२. खानेपानीको सुविधा नपुगेका वडा तथा वस्तीहरुमा खानेपानी सुविधा उपलव्ध गराउन जोड दिइने  छ ।
३. हाम्रो नजर,सफा गाउँ र बजार, भन्ने नारालाई आत्मसात गरी पुर्ण सरसफाईका कार्यक्रमहरु संचालनमा विशेष जोड दिईने छ ।
४.फोहोर मैला व्यवस्थापन गर्न चालु आ.व.मा ल्याण्डफिल साइट ÷ फोहोर प्रशोधन केन्द्र निर्माणको संभाव्यता अध्ययन गरिनेछ ।
५. एक पसल एक डस्टविनको अवधारणा अवलम्बन गरी फोहोर मैला वयवस्थापनमा जोड दिईनेछ । 
६. फोहोर व्यवस्थापनका लागी फोहोरको वर्गिकरण सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरिनेछ ।
७. आगामी ५ वर्षमा यस गाउँपालिकालाई प्लाष्टिक झोलामुक्त गाउँपालिका घोषणा गरिनेछ ।
८. प्रदुषण रहित खोलानाला , हराभरा जंगल ,स्वच्छ वातावरण निर्माणमा विशेष जोड दिइनेछ । साथै राप्ती नदीको किनारलाई हरियाली एवं मनोरम बनाउन विशेष कार्यक्रम संचालन गरिनेछ ।
९. खानेपानीको मुहान , जलाधार क्षेत्र पहिचान गरी सरसफाई , संरक्षण र सदुपयोग गरिनेछ ।
१०. स्थानिय सहभागितामा सडक मापदण्ड क्षेत्रमा सरसफाई गर्ने अभियान संचालन गरिनेछ ।
११. सडक क्षेत्र र सार्वजनिक क्षेत्रमा जथाभावी वस्तुभाउ राख्न र छोड्न निरुत्साहित गर्ने निति अवलम्वन् गरिने
   छ ।

 यस सम्मानीत सभाका सदस्यज्यूहरु,
 अव म गाउँपालिकाले सामाजिक विकास नीति अन्तर्गत अवलम्वन गर्ने लैंगिक समानता र सामाजिक समावेशिकरण सम्वन्धी नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।

१. लैंगीक एवं जातीय आधारमा हुने सबै प्रकारका विभेदहरुलाई क्रमशः न्युनिकरण गर्दै आगामी पाँच वर्ष भित्र यस गाउँपालिकालाई सबै प्रकारका विभेदहरु मुक्त गाउँपालिका घोषणा गरिनेछ ।
२. समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तका आधारमा सबै वर्ग  क्षेत्रको अवसर र पहुँच स्थापित गर्न गाउँपालिका भित्रका सबै संस्थागत संयन्त्रहरुमा त्यस्ता वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिने  छ ।
३. जेष्ठ नागरिकहरुमा रहेको ज्ञान , सीप र अनुभवहरुलाई युवा पुस्तामा हस्तान्तरण गर्न विभिन्न अन्तरकृया कार्यक्रमहरु संचालन गरिनेछ ।
४. जेष्ठ नागरिकहरुको आत्म सम्मान कायम गर्न निश्चित मापदण्डका आधारमा सम्मान गरिनेछ ।
५. जेष्ठ नागरिक, महिला तथा वालवालिका सम्बन्धी कार्यक्रम संचालनमा रकम अभाव हुन नदिन जेष्ठ नागरिक, महिला तथा वालवालिका कोष स्थापना गरी संचालनमा ल्याईनेछ ।
६. गाउँपालिका क्षेत्र भित्र निर्माण भएका र निर्माण गरिने सबै सरकारी तथा सामुदायीक संरचनाहरु किशोरमैत्री, फरक क्षेमता भएका व्यक्तिमैत्री, वातावरणमैत्री , लैंगिकमैत्री र वालमैत्री बनाउन जोड दिईनेछ ।
७. सुचना तथा संचार प्रविधिको विकास र विस्तारमा जोड दिइनेछ ।
 संस्कृति प्रवर्धन तर्फ 

स्थानिय कला , संस्कृतिको पहिचान , संरक्षण , सम्वर्धन , प्रवर्धन र विकासका लागी देहायकमोजिमको नीतिहरु अवलम्बन गरिनेछ ।
१. ऐतिहासिक , पुरातात्वयीक ,धार्मिक , सास्कृतिक महत्वका सम्पदाहरुको पहिचान , संरक्षण र सम्वर्धन गर्दै लगिनेछ ।
२. यस गाउँपालिका भित्र रहेका विभिन्न जातजातीहरुको मौलिक संस्कृति , भाषा , भेषभुषा , कला  र सभ्यताको संरक्षण तथा सम्वर्धनका कार्यक्रम संचालन गरिनेछ ।
३. आदीबासी जनजातीको संस्कृति संरक्षणका लागी विशेष कार्यक्रम संचालन गरिनेछ ।
४. धार्मिक तथा सास्कृतिक क्षेत्र लगायत सार्वजनिक प्रति ऐलानी जग्गाहरुको अतिक्रमण रोक्न चालु आ.व.मा त्यसको अभिलेख संकलन गरी आगामी आ.व.मा संरक्षणका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
५. विभिन्नत जातजातीको संस्कृति,कला र भाषाको संरक्षणका लागि आवस्यक व्यवस्था गरिनेछ ।

यस सम्मानीत सभाका सदस्यज्यूहरु,
 अव म गाउँपालिकाले अवलम्वन गर्ने पूर्वाधार विकास सम्वन्धी नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।
१. राप्ती गाँउपालिका गाँउ नगर यातायात गुरुयोजना ९च्ःत्ःए० तयार भई सकेकोले सडकहरु निर्माण     गर्दा च्ःत्ःए मा तोकिएको मापदण्ड बमोजिम गरिने छ ।
२. राप्ती चक्रपथलाई यस गाउँपालिकाको गौरवको योजनाको रुपमा कार्यान्वयन गर्दे लगिने छ । खिनैटा र मझनीगढ जोड्ने दोलई खोला पुल र पथ्थरगढवा पुल को म्एच् तयार भइसकेकोले उच्च प्राथमिकतामा राखी बहुवर्षिय योजनाको रुपमा निर्माण गरिनेछ । 
३. उत्तर दक्षिण जोडने च्ःत्ःए ले निर्दिष्ट गरेका ५ वटा सडकहरु आंपखोली बगासोती स्यानिघोष छाउलीटोल करंगे सडक, हर्षेडांडा लालमटिया पश्चिम चोक खुरुरिया सडक, बसन्तापुर श्रीनारायण चोक क्लव भवन देविकोट सिम्ले बावरी सडक,महदेवा बडका सिसहनिया करंगे पुनखोला सडक र बगरापुर सगरापुर पथ्थरगढवा पहरुवा भुल्के सडक  प्राथमिकता राखी यसै आ.व.देखि कालोपत्रे गर्ने कार्यको शुरुवात गरिने छ ।
४. राजमार्गको क्षेत्राधिकार भित्र कुनै पनि किसिमका  स्थायी संरचनाहरु निर्माण गर्न स्वीकृति दिइने छैन र पहिलेनै निर्माण भइसकेका संरचनाहरु क्रमशः हटाउदै जाने नीति लिइने छ ।
५. पहाडी वस्ती जोड्ने सडकहरु जीर्ण र मौसमी प्रकृतिको भएकोले उक्त सडकहरुलाई उच्च प्राथमिकतामा राखेर स्तरोन्नती गरि बाह्रै महिना यातायात संचालन हुने किसिमको बनाइने छ ।
६. नयाँ सडक निर्माण भन्दा पुराना सडकहरुको स्तरोन्नती गर्नको लागि प्राथमिकता दिइने छ ।
७. कुनै पनि योजना निर्माण गर्दा दीर्घकालिन रुपमा सकारात्मक असर पार्ने खालका योजनाहरु छनोट     गरिने छ ।
८. भवन निर्माण मापदण्ड तयार भइसकेकोले यस गाँउपालिका भित्र भवन निर्माण गर्दा मापदण्डमा तोकिए बमोजिम मात्र निर्माण गर्न ईजाजत दिइने छ ।
१०. घर नक्सा अभिलेखिकरणका लागि आवश्यक पर्ने घर नक्सा गाँउपालिकाले नै निशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने छ । यस गाउंपालिकाबाट भवन निर्माण मापदण्ड लागु हुनु भन्दा अगावै निर्माण भएका घरहरुको अभिलेखिकरण कार्यलाई तिव्रताका साथ अगाडी बढाइने छ । विगतमा अभिलेखिकरण गर्ने घरहरुको नक्शा निशुल्क रुपमा उपलब्ध गराउने ब्यवस्थाले सिर्जना गरेका अन्यौलतालाई हटाउन घर नक्शा डिजाइन गर्ने परामर्शदाता प्रत्येक आर्थिक बर्षका लागि गाउंपालिकामा सुचिकृत हुनु पर्ने र सुचिकृत गर्दा निजहरुले लिने शुल्क निर्धारण गरेर मात्र सुचिकृत गर्ने ब्यवस्था अवलम्वन गरिने छ । तोकिएको न्युनतम दर भन्दा बढी शुल्क लिने परामर्शदाताहरुको दर्ता खारेज गर्ने ब्यवस्था अवलम्वन गरिनेछ     ।सुचिकृत भएका परामर्शदाताहरु मध्ये बाट संझौता गरी अभिलेखिकरण गर्ने घर नक्शाहरुको ड्रइङ तथा डिजाइनको भुक्तानी गर्ने ब्यवस्था गाउंपालिकाबाट मिलाइने छ ।

११. जग्गा विकास योजनालाई व्यवस्थित गर्न भवन निर्माण मापदण्डमा तोकिएको मापदण्डको अक्षरशः पालना गरिने छ ।
१३. उपभोक्ता समिति मार्फत हुने काममा यदाकदा निर्माण व्यावसायीहरुलाई संलग्न गराइएको पाइएकोले आगामी वर्षमा पनि त्यस्तो क्रियाकलाप गरेको पाइएमा सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली बमोजिम त्यस्तो निर्माण व्यवसायीलाई कालो सुचिमा राखी कारवाही गरिने छ र त्यस्तो उपभोक्ता समितिका पदाधिकारीहरुलाइ कुनै पनि योजनाको उपभोक्ता समितिमा बस्न दिइने छैन ।
१४. उपभोक्ता समिति मार्फत हुने निर्माण कार्यमा हेभी इक्विपमेन्ट प्रयोग गर्न निरुत्साहित गरिने छ । हेभि ईक्विपमेन्ट प्रयोग गर्नै पर्ने भएमा सकेसम्म गाँउपालिका अन्तर्गत रहेका ईक्विपमेन्ट प्रयोग गर्न प्रोत्साहन गरिने छ र अन्य इक्विपमेन्ट प्रयोग गर्नु पर्ने भएमा गाँउपालिकाको स्वीकृती लिएर मात्र प्रयोग गर्न सकिने छ ।
१५. खरिद कार्यलाई व्यवस्थित गर्नको लागि आगामी बर्ष देखि भ् (द्यष्ममष्लन प्रक्रिया अपनाइने  छ ।
१६. विद्युत नपुगेका स्थानहरुमा विद्युत विस्तार कार्यलाई निरन्तरता दिइने छ । विद्युत पोल तथा तारको उचित व्यवस्थापन गरी  विद्युतीय जोखिम न्युनिकरण एवं सौन्दर्यता अभिवृद्धि गर्ने तर्फ विशेष जोड दिईने छ ।
१७. राप्ती गाँउपालिका भित्र विद्युत भोल्टेज नपुग्ने समस्या भएकोले सो समस्या निराकरणको लागि आवश्यक पहल गरिने छ । राप्ती गाउंपालिका भित्र विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले ज्यादै न्यून बजेट विनियोजन गर्ने गरेकोले यथेष्ट बजेट विनियोजनका लागि आवश्यक पहल गरिनेछ ।
१८. राप्ती गाँउपालिकाको सभाहल सहितको भवन र वडा कार्यालय भवनहरुको म्एच् तयार गरिनेछ ।
१९. राप्ती गाँउपालिका भित्र रहेका दक्ष डकर्मी तथा सिकर्मी रोजगारीको लागि अन्यत्र जिल्लामा जाने प्रचलन भएकोले यस गाँउपालिका भित्र निर्माण हुने संरचनाहरुको लागि दक्ष डकर्मी तथा सिकर्मी को अभाव देखिएको छ । तसर्थ दक्ष जनशक्ति पलायन हुनवाट रोक्न विशेष कार्ययोजना बनाइने छ ।
२०. वातावरणमैत्री योजना छनोट गर्न विशेष ध्यान पु¥याइने छ ।
२१. खेतियोग्य जग्गामा सिंचाईका योजनालाई उच्च प्राथमिकतामा राखिने छ । सतह सिंचाई सम्भव नभएका स्थानहरुमा डिप वोरिङ निर्माण गरि सिंचाईको व्यवस्था मिलाइने छ ।
२२. पुरातात्विक महत्वका संरचनाहरुकोे पहिचान गरि संरक्षण तथा संवर्धन गरिने छ ।
२३. तालिम प्राप्त डकर्मीहरुलाई सूचिकृत गरी भूकम्प प्रतिरोधी भवन निर्माणको काममा लगाइने छ ।
२४. हरित गाँउ तथा शहर निर्माण गर्न प्रत्येक घर अगाडी कम्तीमा २ वटा बहु वर्षे रुखहरु रोप्ने विगतको निर्णयलाई निरन्तरता दिइने छ ।
२५. सम्पन्न भइ सकेका विभिन्न पुर्वाधारहरु हस्तान्तरण भइसके पछी पनि समुदायले स्वामित्व नलिने  प्रचलन भएकोले, ति पुर्वाधारहरुको मर्मत संभार गर्नको लागि मर्मत संभार कोष स्थापना गरिने छ । हरेक पुर्वाधारको लागि उपलब्ध हुने रकमको ५ प्रतिशत रकम मर्मतसम्भार कोषमा जम्मा गरिने छ र स्वीकृत कार्यविधिका आधारमा उक्त पुर्वाधारहरुको मर्मत संभार गरिने छ । 
२६. योजना मर्मत संभारका लागि टोल विकास संस्थाहरुलाई परिचालन गरिने छ ।
२७. उपभोक्ता समितिका पदाधिाकारी र टोल विकास संस्थाका पदाधिकारीहरुलाई आवश्यकताका आधारमा तालिमको व्यवस्था मिलाई सशक्त बनाईने छ ।

यस सम्मानीत सभाका सदस्यज्यूहरु,
अव म गाउँपालिकाले अवलम्वन गर्ने आर्थिक विकास सम्वन्धी नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।

 कृषि तर्फ
१. कृषि प्रणालीलाई बैज्ञानीक ,ब्यावसायिक ,वातावरण तथा जलबायु अनुकुलित बनाउदै आर्थिक बृद्धिको दिगो आधार तयार गर्ने निति लिइएकोछ । 
२. कृषक समुह तथा सहकारीमा आवद्ध र ब्यावसायिक कृषकहरुकालागि प्लाष्टिक टनेल ,उन्नत बीउविजन फलफुलको विरुवा र च्याउको विउ आदिमा ५० प्रतिशत अनुदानमा कार्यक्रमहरु संचालन गरिनेछ ।
३. पशुपंक्षीपालनलाइ आर्थिक विकासको  मेरुदण्डको रुपमा बिकास गर्न पशुपंक्षीको नश्ल सुधार ,पौष्टीक दाना
र आहराको ब्यवस्था पशुपंक्षी स्वास्थ्य सेवा एवम उत्पादित पशुजन्य पदार्थको बजारीकरण ,यी चार पक्षलाई समानन्तर रुपमा अघि बढाई एकीकृत रुपमा सेवा प्रदान गर्ने गरि कार्यक्रम तर्जुमा गरि संचालन गरिनेछ ।
४.राप्ती गाँउपालिकालाइ क्रमशः अण्डा , दुध र मासुमा आत्मानिर्भर बनउन अगामी आ.व. ०७५÷०७६ मा पशुपंक्षीपालन क्षेत्रलाई ब्यवसायीकरण गर्ने निती अवलम्वन गरिनेछ ।
५.राप्ती गाउँपालिकाका ब्यवसायिक कृषकहरुलाई प्रोत्साहान गर्न कृषि ÷पशु तर्फका ५÷५ जना कृषकहरुलाई राप्ती कृषक पुरस्कारको ब्यवस्था गरिनेछ ।
सहकारी तर्फ 
१. राप्ती गाँउपालिका भित्र भएका सहकारीहरुलाई राष्ट्रीय तथा अन्तराष्ट्रिय सहकारी दिवस तथा सहकारी शिक्षा तथा अनुगमन मुल्यांकन गराई सहकारी विकासमा प्रर्वधन गर्ने निति अवलम्बन गरिनेछ ।
२. सहकारीमार्फत कृषि ब्यवसायिकरण गर्ने नितिलाई प्रथामिकता दिइनेछ । साथै सहकारीहरुलाई उत्पादन संग     जोडने गरी विशेष कार्यक्रमहरु संचालन गरिने छ ।
३. सहकारीहरुलाई गरिवी निवारणको महत्वपूर्ण औजारको रुपमा लिई सहकारी विशेष अनुदान कार्यक्रम संचालन     गरिने छ ।
  उधोग तथा बाणिज्यतर्फ 
१. राप्ती गाँउपालिकाको सौन्दर्यता र स्वच्छतालाई अभिवृद्धि गर्न अटो भिलेज निर्माण गर्ने आवाधारणलाई अगाडी बढाइने छ ।
२. राप्ती गाँउपालिका भित्रका बासिन्दाहरुलाई  आत्मनिर्भर बनाउन  साना तथा घरेलु उद्योगहरु संचालन गर्न बिशेष प्राथमिकता दिइनेछ ।
३. राप्ती गाउँपालिका भित्र सिटीहल र हाटबजार निर्माण को लागि  संम्भाब्यता अध्ययन  गरि स्थलको छनौट गरिनेछ ।
संस्कृति तथा पर्यटन प्रवद्र्धनतर्फ 
१. राप्ती गाउंपालिकाको पर्यटन गरुयोजना अन्तर्गत खडकेश्वरी, हर्षेडाडा, देवाीकोट  र खौराहाबाबा क्षेत्रको पर्यटकीय प्रवद्र्धन एवं विकासलाई एकिकृत रुपमा अगाडी बढाईने छ ।
२. राप्ती गाँउपालिका भित्र संस्कृति तथा पर्यटन बिकास गर्न संचालनमा रहेका बगरापुर होम स्टे, बगाहसोती होम स्टे र स्यानीघोस होम स्टे निर्माण तथा संचालनको कार्यलाई ब्यावस्थापन कार्यलाई निरन्तरता दिइने  छ ।
३. राप्ती नदीमा ¥याफ्टीङ, फिसिङ एवं ड्याम निर्माणको कार्यको सम्भाव्यता अध्य्यन यसै आ.व.मा सम्पन्न गरिने छ ।
यस सम्मानीत सभाका सदस्यज्यूहरु,
 अव म गाउँपालिकाले अवलम्वन गर्ने वन,वातावरण तथा विपद व्यवस्थापन सम्वन्धी नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।

१. हरियाली प्रवद्र्धन गरी समग्र राप्ती गाउंपालिकालाई हरित गाउंपालिका बनाउन प्रत्येक घरमा कम्तिमा छ वटा फलफूल तथा छायांदार वृक्षहरु लगाउन उत्प्रेरीत गरिनेछ जस्कालागि गाउंपालिका स्तरमा नर्सरी व्यवस्थापन गरी बोट विरुवाहरु वितरण गरीने छ । 
२. सरसफाई, फोहरमैला व्यवस्थापन र विपद व्यवस्थापनको कार्यमा टोल विकास संस्थाको भूमिकालाई सुदृढ तुल्याउन प्रत्येक टोल विकास संस्थाका ३ जना पदाधिाकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । साथै सरसफाई कार्यक्रमका लागि आवस्यक सामाग्री उपलव्ध गराईने छ । प्रत्येक वडामा एक एक जना सरसफाई दूतहरु नियुक्त गरिने छ । टोल टोलमा उद्धार समूह गठन गरी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिने छ ।
३. राप्ती गाउंपालिका संग सटेका अन्य २ वटा स्थानीय तह (लमही नपा र गढवा गापा) संगको संयुक्त पहलमा उद्दार केन्द्र स्थापना गरिने छ र सो केन्द्रबाट दमकल, एम्वुलेन्स जस्ता उद्दारका बहानहरु परिचालन र व्यवस्थापन गरिनेछ । 
४. बजारीकरण उन्मुख केन्द्रमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनका लागि आधुनिक डष्टविन वितरण गरिनेछ ।
५. वातावरण संरक्षण एवं जलवायु अनुकुलन कार्यक्रम सञचालन गरिने छ । राप्ती गाँउपालिका भित्रका बजार        क्षेत्रमा उत्पादन हुने जैविक तथा अजैविक फोहोरमैलालाई वैज्ञानीक रुपमा  ब्यवस्थापन गर्ने कार्यक्रम संचालन गरिनेछ । 
६. गाउंपालिकास्तरमा यसै आ.व.भित्र आपतकालीन केन्द्र स्थापना गर्नुका साथै अन्य त्यस्ता स्थानहरुको पहिचान गरी प्रकोप जोखीम न्युनकरणमाटेवा पुर्याईने छ । 
७. विपद व्यवस्थापन कार्य योजना बनाई सो को कार्यान्वयनका लागि विपद विपद व्यवस्थापन कोषका परिचालन गरिने छ । वातावरण संरक्षण विशेष कोषको परिचालन मार्फत वातावरण संरक्षणमा योगदान पुर्याईने  छ  ।
यस सम्मानीत सभाका सदस्यज्यूहरु,
अव म गाउँपालिकाले अवलम्वन गर्ने सुशासन तथा संस्थागत विकास  सम्वन्धी नीतिहरु प्रस्तुत गर्न        चाहन्छु ।

१. संघीय व्यवस्थालाई सेवाग्राही मैत्री छ भनी सर्वसाधरणलाई महशुस गराउनको लागि स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन दरवन्दी अनुसार कर्र्मचारीको व्यवस्थापनका लागि आवस्यक पहल गरीनेछ ।
२. गाउंपालिकाको सूचनाहरु अद्यावधिक गर्न विद्युतीय सूचना प्रविधिको प्रयोग गर्दै जनतालाई विभिन्न माध्यमद्वारा सु–सूचित हुने व्यवस्थाकोलागि आवस्यक पहल गरिनेछ ।
३. सामाजिक सूरक्षा भत्ता वितरण प्रणालीलाई सरलिकृत गर्न चालु आ.व.मा बैंकहरुबाट भत्ता वितरण गर्ने कार्यको थालनी गरिएको छ र सो कार्यलाई आगामी आ.व.हरुमा पनि निरन्तरता दिईनेछ ।
४. गाउंपालिकाका वृहत योजनाहरुलाई संघ र प्रदेशसंग सहकार्यको माध्यमद्वारा बहुवर्षिय     योजना तर्जुमा गरी सञचालन गर्न आवस्यक व्यवस्था मिलाईने छ ।
५. भूमि कर तथा मालपोतलाई विस्थापन एकिकृत सम्पत्ति कर लागु गरिने छ ।
६. मानविय विकास नभई संस्थागत विकास नहुने भएकाले दुवै विकासलाई संगसंगै लैजान पदाधिकारी तथा कर्मचारीहरुको क्षेमता विकासका लागि आवस्यक तालिम, अभिमुखिकरण कार्यक्रम एवं अवलोकन अध्य्यन भ्रमणलाई निरन्तरता प्रदान गरिनेछ ।
७. गाउंपालिकाबाट सञचालन भएका गतिविधि तथा सेवा प्रवाहका विषयमा सम्वन्धित सरोकारवालाहरु लाई आमन्त्रण गरी उक्त विषयमा वर्षको ३ पटक सार्वजनिक सुनुवाई कार्यक्रम सञचालन गरिने  छ  ।
८. कर्मचारीहरुको सेवालाई सेवाग्राही मैत्री,गुणस्तरीय एवं प्रभावकारी बनाउन अतिरिक्त समय कार्य गरेको प्रोत्सहान भत्तालाई अझ वैज्ञानीक एवं पारदर्शी बनाउन कार्य सम्पादनमा आधारित प्रोत्सहान प्रणाली लागु गरिनेछ ।
९. राजश्व प्रशासन तथा कर संकलन कार्यलाई आधुनिकिकरण गर्न कम्प्युटर प्रणाली मार्फत कर अशुली प्रक्रिया प्रभावकारी रुपमा अगाडी बढाईनेछ । भालुवाङ बजार क्षेत्रमा लगाउनु पर्ने बहाल विटौरी शुल्कका लागि एक अध्य्यन समिति गठन गरी सो समितिको प्रतिवेदनका आधारमा शुल्क निर्धारण गर्ने प्रक्रियालाई तिव्रताका साथ अगाडी बढाईने छ ।
१०.आन्तरिक स्रोतलाई बृद्धि गर्न करदाताहरुको लागि करदाता शिक्षालाई अभियानको रुपमा सञ्चालन गरिनेछ ।
११ .स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा तथा योजना सञ्चालन कार्यलाई गुणस्तरीय तथा प्रभावकारी बनाउन गाउंपालिकामा उपलव्ध स्रोत साधनको अधिकत्म प्रयोग गर्ने व्यवस्था मिलाईने छ ।
१२.आन्तरिक तथा अन्तिम लेखापरिक्षाबाट औंल्याईएका बेरुजुहरुलाई तत्काल फछ्र्याैट गर्ने व्यवस्था गरिनेछ ।
१३. गाउंपालिकामा योजना बैंक स्थापना गर्न गाउंपालिकास्तरिय विभिन्न ठूला योजनाहरुको सम्भाव्यता अध्यन तथा वातावरणीय परिक्षण गरी विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाईने छ । 
१४ .गाउंपालिकाबाट प्रवाह गरिने सबै सेवालाई विद्युतीय प्रविधिद्वारा प्रवाह गर्न सक्दो प्रयास गरिने   छ ।
१५  .काममा सहजीकरण गर्न र शिघ्र सेवा प्रवाहका लागि अन्तर निकायसंग समन्वय गर्ने कार्यको थालनी गरीनेछ ।
१६.स्थानीय तहबाट गरिएका सेवा प्रवाहका सम्वन्धमा नागरिक सन्तुष्टी सर्वेक्षण गर्ने कार्यको शुरुवात गरिनेछ ।
१७ .करदाताबाट अशुल गरिने करलाई झन्झट रहित तरिकाले संकलन गर्ने व्यवस्था मिलाईने छ ।

आर्थिक वर्ष: