FAQs Complain Problems

राप्ती गाउँपालिका गाउँकार्यपालिकाकोे १३ औ बैठक सम्पन्न

राप्ती गाउँपालिका गाउँकार्यपालिकाकोे १३ औ बैठक सम्पन्न

२९ पौष, मसुरीया (दाङ)
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को १३ औ बैठक आईतवार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरि सर्बसम्मत रुपमा स्वीकृत गर्दै कार्य सुरुवातको लागि कार्यआदेश गरेको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
आईतवार विहानैदेखी सुरुभएको कार्यपालिका बैठकले राप्ती गाउँपालिका वडा नं १ स्थीत नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन मर्मतका लागि स्वीकृत बजेट सो विद्यालयको विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार गराउने, डिभिजन वन कार्यालय देउखुरीको शहरी वन प्रवद्धनका तथा नगर वन उद्यान निर्माणका लागि भालुवाङ बजारको उत्तर राम जहदि सामुदायिक वन समुहको क्षेत्रमा निर्माण गर्ने, सडक बोर्ड नेपालको रकममा राप्ती गाउँपालिका बाट २० प्रतिशत रकम थप गरि राप्ती चक्रपथको वडा नं ६ को भगवानपुर मझेरिया र राप्ती लमहि नगर पालिकाको सिमा क्षेत्र केरुनिया बाटोको स्तर उन्नति गर्ने, राप्ती क्षेत्र हरित क्षेत्र निर्माणका लागि वडा नं ५ को देउकी सामुदायिक वन समुह र वडा नं ७ र ८ को शंकर सामुदायिक वन समुहमा नर्सरी निर्माणका लागि समुहगत एक लाख पचास हजार रकमको दरले नर्सरी निर्माण गर्ने निर्णय गरेको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिका क्षेत्रका ओठ तथा तालु फाटेका र आगालागीमा अंग जोडिएकाको नागरिकको उपचारको लागि अपाङ समाज सुधार केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा जान जनहि एक हजारका दरले सहयोग गर्ने, राप्ती गाउँपालिका वडा नं २ को समाज सुधार क्लवलाई राष्ट्रिय स्तरमा माघी पर्वको अवसरमा थारु संस्कृति पर्दशनका लागि अवसर प्राप्त भएकोले क्लवलाई प्रोत्साहन सहित न्युनतम गाडि भाडा सहयोग गर्ने, आगामी माघ ३ गते माघि विशेष कार्यक्रम आयोजना गर्ने, डिभिजन वन कार्यालय देउखुरीको सहयोगमा एक गाउँ एक पोखरी निर्माणका लागि वडा नं ४ को अघुरो पोखरी मर्मत गर्ने, तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत वडा नं ३ को मसुरीयामा अस्पताल निर्माणका लागि छनौट गरेको क्षेत्रको डिपीआर निमार्ण गर्ने र सो अस्पताल निर्माण क्षेत्रको जग्गालाई अस्पतालको नाममा ल्याउन प्रक्रिया सुरु गर्ने, नदिजन्य पदार्थ विक्रि वितरणको कार्यका लागि पाँच सदस्यीय अनुगमन मुल्याङन समिति निर्माण गरिएको साथै स्थानिय नागरिकको आवस्यकता अनुसार पटके विक्रि वितरण गर्न दिने निर्णय गरिएको, संघिय संसद प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिको निर्देशन अनुसारका विषयहरुमा सहजिकरण गर्ने, वडा नं ७ को भानपुर स्थीत १४ विघा क्षेत्रफल रहेको क्षेत्रमा खेलकुद मैदान निर्माण गर्नका लागि डिपीआर तथा तारवार गरि संरक्षण गर्ने, वडा नं १ को आँपखोली खानेपानीको लागि विनियोजित रकमबाट बोरहोल खोल्ने निर्णय गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

ः समाचार प्रेषक संञ्चार संयोजक तिर्थराज ज्ञवाली

आर्थिक वर्ष: