FAQs Complain Problems

राप्ती गाउँपालिका गाउँ शिक्षा समितिको बैठक  कृषि धारको बालीविज्ञान ११ कक्षा सञ्चालन अनुमतिका लागि  सिफारीस गर्ने

राप्ती गाउँपालिका गाउँ शिक्षा समितिको बैठक 
कृषि धारको बालीविज्ञान ११ कक्षा सञ्चालन अनुमतिका लागि  सिफारीस गर्ने

तिर्थराज ज्ञवाली
१ असार, मसुरीया(दाङ)
राप्ती गाउँपालिका गाउँ शिक्षा समितिको बैठक मसुरीयामा शुक्रवार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका गाउँ शिक्षा समितिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा बसेको बैठकले राप्ती गाउँपालिका क्षेत्रको शिक्षा क्षेत्रको विकासका लागि निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकले आर्थिक वर्ष ७५। ७६ मा श्री सर्बेादय माध्यामीक विद्यालयमा कृषि धारको बालीविज्ञान ११ कक्षा सञ्चालन अनुमतिका लागि राप्ती गाउँकार्यपालिकामा सिफारीस गर्ने, राप्ती गाउँपालिकामा नमुना विद्यालय विकासका लागि छनौटमा परेका विद्यालयलाई जिम्मेवारी अनुसारको कार्य छिटो सम्पन्न गर्न निर्देशनग गर्ने, श्री सर्बेादय माध्यामीक विद्यालयको जग्गा दुरुपयोग भएको विषयमा सरोकारवाला विच छलफल गर्ने, संस्थागत विद्यालयको नाम र ठाँउसारमा लिने शुल्क निर्धारण गरेको निर्णय गरेको गाउँ शिक्षा समितिका सदस्य सचिव राजेन्द्र कुमार घिमीरेले जानकारी दिनुभएको छ  ।

 

आर्थिक वर्ष: