FAQs Complain Problems

शिक्षा गुणस्तरिय वनाउन सबै क्षेत्रवाट लाग्नुपर्ने ः उपाध्यक्ष चौधरी 

शिक्षा गुणस्तरिय वनाउन सबै क्षेत्रवाट लाग्नुपर्ने ः उपाध्यक्ष चौधरी 

राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले  बालबालिकाको नैशर्गीक अधिकार शिक्षा गुणस्तरिय वनाउन सबै क्षेत्रवाट लाग्नुपर्ने बताउनु भएको छ ।
उपाध्यक्ष चौधरीले राप्ती क्षेत्रमा रहेका सरकारी तथा निजी विद्यालयको सम्पुर्ण पक्षलाई गुणस्तरिय तथा  प्रभावकारी बनाउदै लैजानु आवस्यक रहेको बताउनु भएको छ । आईतवार राप्ती गाउँपालिका वडा नं २ स्थीत पब्लीक एजुकेशन एकेडेमीको दशौ वार्षिक उत्सव तथा अभिभावक भेला तथा देउखुरी भ्याली अग्रेजि स्कुलको १५ औ बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा यस्तो बताउनु भएको हो ।
पब्लीक एजुकेशन एकेडेमीको दशौ वार्षिक उत्सव तथा अभिभावक भेला तथा देउखुरी भ्याली अग्रेजि स्कुलको १५ औ बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिकोरुपमा रहनुभएकी उपाध्यक्ष  चौधरीले शिक्षाको विकासमा विद्यार्थी, शिक्षक, अभिभावक, सरोकारवाला सबैको महत्वपुर्ण भुमीका रहने बताउनुभएको छ ।
उपाध्यक्ष चौधरीले स्थानिय सरकार राप्ती गाउँपालिका क्षेत्रको शैक्षिक तथा बालबालीकाको उन्नती प्रगतिको लागि लागीपरेको र निजि तथा सरकारी दुबै विद्यालयको उल्लेख्य प्रगति तथा उपलब्धि देख्न र महसुस गर्न चाहिरहेको बताउनु भएको छ ।

पब्लीक एजुकेशन एकेडेमीको दशौ वार्षिक उत्सव तथा अभिभावक भेला तथा देउखुरी भ्याली अग्रेजि स्कुलको १५ औ बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा विभिन्न शैक्षिक प्रर्दशनी समेत गरिएको थियो ।
 

 

तिर्थराज ज्ञवाली(दाङ)
२७ माघ मसुरीया

आर्थिक वर्ष: