FAQs Complain Problems

१० दलित युवाहरुलाई १ महिने ब्याकहोेलोडर चलाउने तालिम

१० दलित युवाहरुलाई १ महिने ब्याकहोेलोडर चलाउने तालिम

भगत सर्बजित सिप विकास तालिम कार्यक्रम अन्तरगत १ महिने ब्याक््होलोडर चलाउने तालिम आईबार सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा राप्ती गाउँपालिका वडा नं ७ का १० दलित युवाहरुलाई १ महिने ब्याकहोेलोडर चलाउने तालिम दिईएको थियो ।
एक कार्यक्रमका विच घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उद्योग अधिकृत बासुदेव रिजालको अध्यक्षता, राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरीको प्रमुख आथित्यतामा तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई शुभकामना सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
एक महिने ब्याकहोेलोडर चलाउने तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीका तर्फ वाट तथा प्रशिक्षण शंस्था तार टेक्नीकल ईन्चिच्युट एण्ड रिसर्च सेन्टर प्रालीका तर्फवाट तारा प्रसाद भुसालले सहभागीलाई कुसलता पुर्बक प्रशिक्षण लिइकोमा र आगामी दिनको प्रगतीको शुभकामना ब्यक्त गर्नु भएको छ ।
तालीममा सहभागीहरुले तालीमको आयोजना गरि शिप दिलाईदिएकोमा राप्ती गाउँपालिका तथा घरेलु तथा साना उद्योग कार्यालयलाई धन्यवाद दिएका छन्।

तिर्थराज ज्ञवाली
२६ फागुन, मसुरीया(देउखुरी, दाङ)

आर्थिक वर्ष: