समाचार
आ.व. २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई।
तुलबहादुर कँवर मगर भालुबाङ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ पत्थरगढवामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कारवाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सेवा प्रदायक र सेवाग्राहीहरुबीच अन्तत्र्रिmया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । सो अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले तेस्रो चौमासिक तथा वार्षिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई, विद्युत, सुशासनलगायत गाउँपालिका र मातहतका कार्यालयबाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, पालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, ६ का अध्यक्ष दीपककुमार चौैधरी, ७ का अध्यक्ष सीताराम चौधरी र विभिन्न शाखाका शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक, विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मीलगायत स्थानीयबासीहरूको उल्लेख्य सहभागिता थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार लीला शाहले गर्नुभएकोे थियो ।