समाचार
राप्ती गाउँपालिकाको परिचय
नेपालको मध्य पश्चिम क्षेत्रमा रहेको दाङ जिल्लाको पूर्वीभागमा अवस्थित राप्ती गाउँपालिका भित्री मधेश तथा चुरे क्षेत्रमा अवस्थित छ । राप्ती गाउँपालिका साविकमा भएका २ वटा गाउँविकास समितिहरु लालमटिया र सिसहनीयाको सवै भाग तथा हाँसिपुर गाउँविकास समितिहरु साविक वडा नं. १ र २ वडालाई पुर्नसंरचना गरी हाल ९ वटा वडामा पुर्नसंरचना गरिएको छ । हाल यसको प्रशासनिक केन्द्रको रुपमा मसुरिया राखिएको छ ।
यो गाउँपालिका २७ डिग्री ४९ मिनेट ५ सेकेण्ड देखि २७ डिग्री ५५ मिनेट १५ सेकेण्ड उत्तरी अक्षास सम्म र ८२ डिग्री ३६ मिनेट ८ सेकेण्ड देखि ८२ डिग्री ४८ मिनेट २६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । कूल क्षेत्रफल १६१.०७ वर्ग किलोमिटर रहेको छ ।यस गाउँपालिकाको पूर्वमा राप्ती नदीपारी अर्घाखाँची जिल्ला र दक्षिणमा राप्ती नदी तथा गढवा गाउँपालिका, उत्तरमा घोसखोला र वंगलाचुली गाउँपालिका तथा पश्चिममा लमही नगरपालिका पर्दछ । यस गाउँपालिकाको विचबाट करिव १५ कि.मि पूर्वपश्चिम राजमार्ग पर्दछ । यो गाउँपालिका समथर तथा सिंचाई सुविधा भएको कारण अति उर्वर समेत भएकाले कृषि खेती तथा तरकारी वालीको लागि राम्रो संभावना छ ।
यस गाउँपालिका क्षेत्रमा व्रामह्ण, क्षेत्री, ठकुरी, गुरुङ,मगर, थारु, दलित र मुश्लिमहरुको वसोवास रहेको छ । राप्ती गाउँपालिकामा जम्मा जनसंख्या २०७८ सालको जनगणना अनुसार जनगणना घर संख्या १०९४०, परिवार संख्या ११८३७ मा महिला २७३०६ र पुरुष २४८१७ गरेर जम्मा ५२१२३ रहेको छ । राप्ती गाउँपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन्।
ऐतिहासिक चिनारी तथा नामाकरण
राप्ती गाउँपालिका दाङ जिल्लाको सदुरपूर्वी क्षेत्रमा रहेको गाउँपालिका हो । नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानीय तहको नर्या सिमाकन गर्दा यो गाउँपालिका साविकका ३ वटा गाविसहरुबाट रुपान्तरण भई स्थापना भएको हो । यो गाउँपालिका जातिगत तथा सास्कृतिरुपमा बिशिष्टता र बिविधता बोकेको गाउँपालिका हो । आदिवासी थारु, मगर र क्षेत्री वाम्ह्हणहरुको समेत यस गाउँपालिकामा बसोवास रहेको छ । यस गाउँपालिकाको पूर्वी तथा दक्षिणी भागबाट समग्र देउखुरीकै सम्पत्ति, प्रमुख ऐतिहासिक श्रोतको रुपमा रहेको र समुन्नत कृषि प्रणालीको आधार राप्ती नदीले यस गाउँपालिकालाई चिनाएको छ । ऐतिहासिक तथा पर्यटकीय महत्व तथा प्रसिद्ध धार्मिक आस्थाको केन्द्रको रुपमा रहेका प्रसिद्ध भद्राक्षी देवी मन्दिर यसै गाउँपालिकामा पर्छ । स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार महादेव पत्नी सतीदेविको देव्रे घुडा पतन भएको स्थान यो ऐतिहासिक तथा प्रसिद्ध ऐतिहासिक महत्वका स्थल यस गाउँपालिकाका भित्र पर्दछ ।
नामाकरण
राप्ती गाउँपालिका नामाकरण सम्बन्धमा रहेको धारणा अनुसार यो क्षेत्र देउखुरी उपत्यकाको जलभण्डारको रुपमा रहेको राप्ती नदीको सिचित भूमी हो । यहाँ राप्ती र यसका सहायक नदीहरु पूर्वबाट क्रमश पश्चिम तर्फ बहेको छ । यस क्षेत्र भएर राप्ती नदी बहने हुनाले आदिकाल देखि यस क्षेत्रलाई राप्ती क्षेत्र नै भनिदै आएको हो । त्यसैले हाल राज्य पूर्नसंरचना यस गाउँपालिकाको नाम राप्ती राखिएको हो ।
राजनीतिक अवस्थिति
राजनैतिक विभाजनको आधारमा दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) अन्तर्गत पर्ने राप्ती गाउँपालिका जम्मा ९ वटा वडाहरुमा विभाजन भएको छ । साविकको २ वटा गाउँविकास समितिहरु सिसहनिया र लालमटियाको सबै साविकका वडाहरु र हाँसिपुरको २ वटा वडाहरुलाई पुर्नसंरचना गरी राप्ती गाउँपालिका कायम गरिएको छ । यस गाउँपालिकाको केन्द्र वडा नं. ३ को मसुरियामा रहेको छ ।
वडा विभाजन
क्र.सं. |
समावेश भएका साविक गा.वि.स. |
साविक वडा नं. |
हालको वडा नं. |
क्षेत्रफल |
घरधुरी |
महिला |
पुरुष |
जम्मा जनसंख्या |
Average Household Size |
Sex Ratio |
१ |
लालमटिया |
३ |
१ |
२२.७ |
१७९९ |
४०१५ |
३६२२ |
७६३७ |
4.25 |
90.21 |
२ |
लालमटिया |
४,७ |
२ |
२३.९ |
१७४४ |
३७७५ |
३४६३ |
७२३८ |
4.15 |
91.74 |
३ |
लालमटिया |
१,२,८ |
३ |
९ |
१५६१ |
३५११ |
३३२८ |
६८३९ |
4.38 |
94.79 |
४ |
लालमटिया |
५,६,९ |
४ |
१५.८ |
१६३० |
३६८७ |
३१३७ |
६८२४ |
4.19 |
85.08 |
५ |
सिसहनिया |
५,७ |
५ |
४२.२ |
१३६३ |
३१९५ |
३०४७ |
६२४२ |
4.58 |
95.37 |
६ |
सिसहनिया |
८,९ |
६ |
९ |
१००० |
२३८७ |
२०९३ |
४४८० |
4.48 |
87.68 |
७ |
सिसहनिया |
१,२,३ |
७ |
८.३ |
१०९० |
२६७६ |
२४५८ |
५१३४ |
4.71 |
91.85 |
८ |
सिसहनिया |
४,६ |
८ |
९.२ |
१२५५ |
२६६३ |
३०२१ |
५६८४ |
4.53 |
88.15 |
९ |
हाँसिपुर |
१,२ |
९ |
२१.६ |
३८४ |
१०३९ |
१००६ |
२०४५ |
5.33 |
96.82 |
|
जम्मा |
|
१६१.०७ |
११८२६ |
२७३०६ |
२४८१७ |
५२१२३ |
4.41 |
90.88 |