FAQs Complain Problems

आ.व. २०८१/८२ को राप्ती गाउँपालिकाको पहिलो त्रैमासिक सार्वजनिक सुनुवाई ।

तुलबहादुर कँवर मगर भालुबाङ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडा नं.१ हनुमानगढी मन्दिर चोक भालुबाङमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम, सेवा प्रवाहका विषयमा सेवा प्रदायक र सेवाग्राहीहरुबीच अन्तत्र्रिmया गरिएको थियो । सो अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई, विद्युत, सुशासनलगायत गाउँपालिका र मातहतका कार्यालयबाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीहरुले उठाएका सवालबारे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौैधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली, वडा अध्यक्षहरु र विभिन्न शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकहरुको सेवामा स्थानीय सरकार निरन्तर लागि रहेको बताउनुभयो । ‘काम गर्दा ढिलो चाँडो हुन्छ नै तर राप्तीवासीको सेवामा हामी निरन्तर लागिरहेका छौं’– अध्यक्ष विष्टले भन्नुभयो– ‘राप्तीवासीको रचनात्मक सल्लाह, सुझाव र खबरदारी पनि निरन्तर भइरहोस् ।’ कार्यक्रममा पालिकाका प्रवक्ता पहलवान चौधरी, १ का अध्यक्ष गेमबहादुर खड्का, कार्यपालिका सदस्य, जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, टोल विकास संस्थाका पदाधिकारी, संचारकर्मीलगायत स्थानीयबासीहरूको सहभागिता थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार सन्तोषकुमार गुप्ताले गर्नु भएकोे थियो ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//