FAQs Complain Problems

समाचार

क्षमता विकास संगै नेतृत्व लिने शाहस गर्न आवस्यक ः उपाध्यक्ष चौधरी 

क्षमता विकास संगै नेतृत्व लिने शाहस गर्न आवस्यक ः उपाध्यक्ष चौधरी 

नारिहरुले आफ्नो क्षमता विकास संगै नेतृत्व लिने शाहस गर्न आवस्यक रहेको एक कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले वताउनु भएको छ ।
राप्ती गाउँपालिकाका महिला जनप्रतिनिधिहरु तथा समुहका प्रतिनिधिहरुलाई दिईएको आधिकारिक नेतृत्व विकास तालिम समापन कार्यक्रमको तेस्रो चरणको समापन कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले यस्तो बताउनु भएको हो ।
प्रमुख अतिथि चौधरीले हक अधिकार पाएर मात्र हुदैन सो जिम्मेवारी बहन र प्रभावकारी कार्यान्वय तर्फपनि महिला लाग्नुपर्ने जसका लागि आफ्नो शिप, क्षमता, शाहस,दृढता र अनुशासन सबैमा हुन आवस्यक रहेको वताउनु भएको छ ।
राप्ती गाउँपालिकाको संयोजन, नामसालिङ सामुदायिक विकास संस्थाको सहयोग, ग्रामीण महिला उत्थान केन्द्रको स्थानिय सहयोत तथा वियोन्ड बेईजिङ कमिटिको आयोजनामा महिला अधिकार, महिला हिंसा न्युनिकरण तथा महिला नेतृत्व विकासका पाँच सुचकको वारेमा तिन चरण गरि गत श्रावण २६ देखी असोज १७ गते सम्म गरि आधिकारिक नेतृत्व विकास तालीम दिईएको छ ।
हरेक तह र क्षेत्रमा ५० ः ५० नेतृत्व सन २०३० सम्ममा उदेश्य तथा नारा सहित आधिकारिक नेतृत्व विकास तालिम दिईएको छ ।
तिन चरणमा आयोजना गरिएको कार्यक्रममा प्रथम तथा दोस्रो चरणमा साम्सद सुजिता शाक्य, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष तथा महिला सदस्यहरुले आफ्ना सफलताका यात्राका वारेमा सहभागीहरुसंग अनुभव साटासाट गर्नुभएको थियो ।
वियोन्ड बेईजिङ कमिटि सदस्य सरिता गौतम, उषा मल्ल पाठक, कल्पना चौधरी स्मृति,कोपीला लगाएतको सहभागीता रहेको प्रशिक्षणात्कका कार्यक्रममा करिब ३५ जनाको सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: