FAQs Complain Problems

समाचार

ग्राहकलाई फाईदा, ब्यवसायीहरुलाई ज्ञानहुनेगरि राप्तीमा अनुगमनहुने

ग्राहकलाई फाईदा, ब्यवसायीहरुलाई ज्ञानहुनेगरि राप्तीमा अनुगमनहुने 
तिर्थराज ज्ञवाली
१३ कार्तीक,मसुरीया(दाङ)
राप्ती गाउँपालिकाको क्षेत्रभित्रका सम्पुर्ण नागरिकको खाद्य रक्षा तथा हुने गरेका गलत कार्यहरुको रोकथामका लागि राप्ती गाउँपालिकाले सरोकारवालाहरुसंग छलफल गरेको छ ।
ग्राहक, नागरिक, ब्यापारी, ब्यवसायीहरुको सर्ब हिताए हुनेगरि ब्यापारीहरुलाई समेत ज्ञान हुनेगरि अनुगमन गरिने भएको छ ।
किराना पसल, खाद्य पसल, होटल, औषधि पसल, कपडा पसल, हार्डबेयर, फलफुल पसल, लगाएतका विभिन्न ब्यवसायहरुको अनुगमन गरिने र पहिलो पटक सल्लाह सुझाव दिईने र पुनः अनुगमनमा लार्परबाहि पाईएमा कारवाहि समेत गरिने निर्णय गरिएको छ ।
ब्यापारी तथा ब्यवसायीले सामान्य लापरवाहिले गर्दा ग्राहकलाई बेफाईदा पुग्ने देखी लिएर ब्यापारी तथा ब्यवसायी हरुको लापरवाहि सत्य कुराको जानकार ग्राहक भएमा ब्यापार  समेत घट्ने देखीएको हुदा ग्राहकको सुरक्षा तथा ब्यापारमा बृद्धिको लागि  सबैले नियममा रहेर कार्य गर्न समेत बैठकले आग्रह गरेको छ । 
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको बैठकमा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसाल, भालुवाङ उद्योग बाणिज्य संघका  अध्यक्ष जगतप्रसाद पोख्रेल, भालुवाङ होटल ब्यवसायी संघका अध्यक्ष महेश बन्जाडे, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डे, राप्ती गाउँपालिका स्वास्थ्य सेवा शाखाका  सह संयोजक नवराज न्यौपाने, पशु सेवा शाखाका पशु प्राविधिक शेर बहादुर हमाल, पत्रकार लगाएतको बैठकमा अनुगमनको क्रममा प्रयोग गरिने गाईडलाईन प्रस्तुत गरिएको थियो । 
 बजार अनुगमनको क्रममा ब्यवसाय दर्ता गरि ब्यवसाय कर  तिरेको छ   छैन , मुल्य सुचि राखेको छ  छैन , सरसफाईको अवस्था ,ँक्ष्ँइ को ब्यवस्थापन,  ,फोहरमैला ब्यवस्थापनको लागि ब्यवस्था ,बाल श्रमिकलाई काममा लगाएको छ  छैन , खाद्य तथा औषधि पसलका लागि लेवलमा खुल्नुपर्ने  विवरण जस्तै उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्वर, समिश्रण र उत्पादकको पुरा नाम ठेगाना खुलेका छ छैन, उपभोग्य मिति समाप्त भएका सामाग्री विक्रि वितरण गरिएको छ  छैन, सिधा सुर्यको प्रकाश पर्ने ठाँउ वा  ओसीलो ठाँउमा सामाग्री राखीएको छ  छैन, नाप तौलका सामाग्री अद्यावधिक गरिएको छ छैन , तौलवाट ग्राहक ठगीने संभावना छ  छैन, मिसावट गरिएका सामान विक्रि वितरण गरिएको छ छैन ,अखाद्य रंगको मिसावटका खाद्य पदार्थ विक्रि वितरण भएको छ  छैन, होटल रेष्टुरेन्टका लागि किचेन तथा ट्वाईलेटको सरसफाईको अवस्था, किचेन तथा ट्वाईलेटको दुरी कति,
किचेनमा काम गर्ने र भाडा माझ्ने ब्यक्त्तिको हातमा घाउ खटिरा छ वा छैन ? ब्यक्त्तिको सरसफाई कस्तो छ ? औठी चम्कने चुरा लगाएको छ वा छैन ,किचेनमा काम गर्ने कर्मचाारीले एप्रोन लगाएको  तथा कपाल वाध्ने छोप्ने गरेको छ  छैन, खाने तेलको पुनः प्रयोग र अनावश्यक तथा अखाद्य रंग एवं मसला जन्य पदार्थको  प्रयोग भएको छ छैन, फ्रिजमा मासु तथा खाद्य सामाग्री एकै ठाउमा छ  छैन, भाडा सफाई गर्ने तरिका कस्तो छ, मासु पसलको लागि सरसफाई तथा भण्डारणको ब्यवस्था तथा तरिका  सन्तोष जनक छ  वा   छैन, एक जातको मासुमा अर्को जातको मासु मिसावट गर्ने सम्भावना छ  छैन स्टायनलेश स्टिलका भाडाकुडा प्रयोग गरिएको छ  छैन,पशु वध स्थलको अवस्था, का वारेमा अनुगमन गरिने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
अनुगमन राप्ती गाँउपालिकाका सबै क्षेत्रमा गर्दै जाने निर्णय भएको अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: