FAQs Complain Problems

समाचार

नमुना आपखोली खानेपानीको अनुगमन

नमुना आपखोली खानेपानीको अनुगमन

तिर्थराज ज्ञवाली
३० कार्तिक मसुरीया( दाङ)

राप्ती गाउँपालिका गाउँकार्यपालिकाले शुक्रवार भालुवाङ स्थीत नमुना आपखोली खानेपानीको अनुगमन गरेको छ । 
नमुना आपखोली खानेपानीको हालको अवस्थामा सुधार तथा क्षमता थपका लागि के गर्न सकिन्छ साथै टंकी सुधारकालागि गाउँपालिकाले अनुगमन गरेको हो ।
अनुगमनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, प्रबक्ता विद्याशरण चौधरी,वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी, सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगाएतको सहभागीता रहेको थियो ।
अनुगमनको क्रममा नमुना आपखोली खानेपानी ब्यवस्थापन समितिका पदाधिकारी, उपभोक्ता समेतको सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: