FAQs Complain Problems

समाचार

राप्तीको वडा नं  ६ मा पशु स्वास्थ्य घुम्ती शिविर

राप्तीको वडा नं  ६ मा पशु स्वास्थ्य घुम्ती शिविर
तिर्थराज ज्ञवाली 
भाद्र १५,मसुरीया(दाङ)
राप्ती गाउँपालिका पशु सेवा शाखाको आयोजनामा वडा नं ६ को बगरापुर, सगरापुर, पत्थरगढवा, मझेरिया र भगवानपुरमा पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न गरिएको छ । पशु स्वास्थ्य घुम्ती शिविरमा पशुहरुको स्वास्थ्य परिक्षण, भित्री तथा बाहिरी परिजिबी विरुद्ध औषधि वितरण, बोकाको बन्ध्याकरण गर्ने कार्य गरिएको राप्ती गाउँपालिका पशु सेवा शाखाका शेर बहादुर हमालले जानकारी दिनुभएको छ ।
वडा गत रुपमा पशु सेवा शाखाले सेवा दिने उदेश्यका साथ पहिलो चरणमा गाउँ गाउँमा गएर कार्य सुरु गरिएको छ । वडा नं ६ मा पशु स्वास्थ्य घुम्ती शिविरमा ४ सय १३ पशुमा भित्री तथा बाहिरी परिजिबी विरुद्ध औषधि वितरण गरिएको छ  साथै १९ वटा बोकाको बन्ध्याकरण तथा ९ पशुको स्वास्थ्य चेक जाच गरिएको छ ।
पशुपालक कृषकको आवस्यकता तथा उच्चतम आम्दानि हुनेगरि ज्ञान शिप दिन तालिम तथा अनुगमनलाई तिब्रता दिने, निशुल्क बोका बन्ध्याकरण गर्ने शिविर तथा पशु स्वास्थ्य घुम्ती शिविर आगामी दिनमा वडा नं ७ को जगपुर र वडा नं १, २, ३, ४ र ९ मा  सञ्चालन गरिने कार्यक्रम रहेको पशु सेवा प्राविधिक शेर बहादुर रिजाले जानकारी दिनुभएको छ ।

 

आर्थिक वर्ष: