FAQs Complain Problems

राप्तीको २ वटै स्वास्थ्य चौकीमा डाक्टर सेवा सुरु

राप्तीको २ वटै स्वास्थ्य चौकीमा डाक्टर सेवा सुरु
तिर्थराज ज्ञवाली     
२१ असोज, मसुरीया(दाङ)
राप्ती गाउँपालिकाले नागरिकको सुस्वास्थ्यको कामना गर्दै सिसहनिया तथा लालमटिया स्वास्थ्य चौकीमा असोज २१ गतेदेखी एम.वि.वि.एस डाक्टरबाट सेवा दिने कार्यको ब्यवस्था सुरु गरेको छ ।
आईतवार चिकित्सा सेवा समुद्घाटन कार्यक्रमको आयोजना गरि सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीमा १ जना एम. वि.वि.एस डाक्टरबाट विरामीको स्वास्थ्य उपचार सेवा सुरु गरिएको हो ।
राप्ती गाउँपालिकाले अव गरिव, विपन्न, असाय, बृद्ध, महिला, गर्भवति, सुत्केरी तथा आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि तिन स्वास्थ्य ईकाई बाट अहेव स्तरको स्वास्थ्य कर्मी सहित र दुई स्थानबाट मेडिकल अधिकृत वाट सेवा दिन सुरु गरेको बताउदै चिकित्सा सेवा समुद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले अव राप्ती गाउँपालिकामा मेडिकल अधिकृतको माध्यमबाट स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा दिन सुरु गरेको र केहि समय पछि भिडियो एक्सरे, एक्सरे लगाएतका उपकरणको साथमा सेवा सुरुगर्ने बताउनु भएको छ ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ट आथित्यता, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरी तथा डाक्टर पुष्प भुसालको आथित्यता तथा राप्ती गाउँपालिका वासी नागरिकहरुको सहभागीतामा आयोजित चिकित्सा सेवा समुद्घाटन गरिएको छ ।  
साविकमा अहेवको सरकारी दरवन्दि रहेको स्वास्थ्य चौकीमा नागरिकको थप स्वास्थ्य सेवाका लागि राप्ती गाउँपालिकाको तेस्रो गाउँसभाबाट स्वीकृत कार्यक्रम अन्तरगत सिसहनिया र भालुवाङ स्वास्थ्य चौकी बाट सेवा दिने गरि १ जना डाक्टर करारमा लिई सेवा सुरु गरिएको हो ।
सिसहनिया स्वास्थ्य चौकीमा आईतवार, मंगलवार, बुधवार, बिहिवार र लालमटिया स्वास्थ्य चौकीमा सोमवार र शुक्रवार मेडिकल अधिकृत (डाक्टर) को माध्यमबाट स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा दिईने राप्ती गाउँपालिका स्वास्थ्य सेवा शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।

 

आर्थिक वर्ष: