FAQs Complain Problems

समाचार

राप्तीमा अस्वस्थ तथा स्त्री पशुबध गरि विक्रिको लागि राखीएको मासु नियन्त्रण

राप्तीमा अस्वस्थ तथा स्त्री पशुबध गरि विक्रिको लागि राखीएको मासु नियन्त्रण

अस्वस्थ तथा राप्ती गाउँपालिकाकोे पशु सेवा ऐन विपरित स्त्री पशु बध गरि विक्रि वितरण गर्ने तयारीमा रहेको अस्वस्थ्य मासु विहिवार विहानै पशु सेवा शाखाको टोलीले नियन्त्रणमा लिएको छ ।

 राप्ती गाउँपालिका वडा नं ३ बाघढढ्डीका  सन्त कामीले विरामी तथा बस्तीको विचमा, मासु विक्रि वितरण मापडण्ड विपरित स्त्री पशु बध गरेको अवस्थामा राति ४ बजे विक्रिको लागि तयार गरेको मासु टोलीले नियन्त्रणमा लिएको हो ।

पशु चिकित्सक डाक्टर सबिना पौडेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, पशु सेवा शाखा प्रमुख हेमराज आचार्य, शेर बहादुर हमाल, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रतिनिधि सुरेन्द्र अधिकारी, नरेन्द्र खत्रि, राजनितिक पार्टीका प्रतिनिधि तथा स्थानिय नागरिकको सहभागीतामा करिब २ सय केजि मासु नियन्त्रणमा लिई नस्ट गरिएको छ ।

राप्ती गाउँपालिकाले नागरिकहरुलाई स्वस्थ्य मासुजन्य पदार्थ खाने ब्यवस्थाको लागि मासु बिक्रि वितरण गर्ने ब्यवसायीलाई पशु चिकीत्सक वा पशु सेवा प्राविधिक लाई चेकजाच गराई,शुर्योदय पछि र शुर्यास्थ अघिमात्र भाले पशु चौपाया बध गरि ब्यवस्थीत बधशालामा मासु डिफ्रीजमा राखी मुल्य सुचि सहित फ्रेस हाउसले स्थानिय निकाय वा घरेलु तथा साना उद्योगमा दर्ता गरि मात्र विक्रि वितरण गर्न पाईने ब्यवस्था गर्न अनुरोध समेत गरेको छ ।

राप्ी गाउँपालिका पशुसेवा शाखाले नियमित रुपमा बधशालाहरुको अनुगमनलाई तिब्रता दिईरहेको पशु सेवा शाखा प्रमुख हेमराज आचायले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: