FAQs Complain Problems

समाचार

राप्तीमा औषधि पसल तथा क्लिनिक संञ्चालकहरुलाई अभिमुखीकरण  

राप्तीमा औषधि पसल तथा क्लिनिक संञ्चालकहरुलाई अभिमुखीकरण  
तिर्थराज ज्ञवाली
२५ मंसिर, मसुरीया(दाङ)
राप्ती गाउँपालिकाले औषधि पसल तथा क्लिनिक संञ्चालकहरुलाई  अभिमुखीकरण  गरेको छ । 
राप्ती गाउँपालिका स्वास्थ्य शाखाले नागरिकको सुस्वास्थ्यको कामना गर्दै जिम्मेवार पुर्वक स्वास्थ्य सेवा प्रदान गर्न र परिवार नियोजनको अवस्थालाई तथ्याङ गर्दै सुधारका लागि  राप्ती गाउँपालिका क्षेत्रका औषधि पसल तथा  क्लिीनिक संञ्चालकहरु संग मंगलवार छलफल गरेको छ ।
राप्ती गाउँपालिकाका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको औषधि पसल तथा क्लिनिक संञ्चालकहरु लाई  अभिमुखीकरण कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्रमा सेवाग्राहि तथा परिवार नियोजनका साधन प्रयोग कर्ताको सहि तथ्याङ लिई सिसहनिया र भालुवाङ स्वास्थ्य चौकीमा उपलब्ध गराईदिन साथै राप्ती गाउँपालिका लाई परिवार नियोजन प्रयोगको क्षेत्रमा राम्रो वनाउन सहयोग गरि सुचकहरु पुरा गर्न अनुरोध गरिएको छ ।
अभिमुखीकरणमा खास गरि राप्ती क्षेत्रमा रहेका औषधि पसल तथा क्लिनीकहरु बाट  सेवाग्राहिले परिवार नियोजनका साधनको प्रयोग के कति मात्रामा गर्दैछन्  कुन उमेर सेवाग्राहि छन् भन्ने वारेमा तथ्याङकीकरण गर्न जानकारी गरिएको छ ।
परिवार नियोजनका साधन, साधनका प्रभावकारीता, प्रयोग गर्न मिल्ने र नमिल्ने अवस्था,  परिवार नियोजनका साधन प्रयोग कर्ताको अभिलेखीकरण गर्ने तरिका, मासिक रुपमा रिपोर्ट गर्ने तरिका लगाएतका विषयमा राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक  नारायण राउत, सह संयोजक नवराज न्यौपाने र डा पुष्प भुसालले प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा राप्ती गाउँपालिकाको स्वास्थ्य क्षेत्रको नविनतम कार्यको औषधि पसल तथा क्लिनीक संञ्चालहरुको तर्फवाट बोल्दै वि.के. रावत र ईश्वरी आधिकारीले  प्रशंसा समेत गर्नुभएको छ ।
कार्यक्रम पश्चात राप्ती गाउँपालिका क्षेत्रका करिव ४० औषधि पसल तथा क्लिनीक संञ्चालहरुले परिवार नियोजनको साधन प्रगोग कर्ताहरुको तथ्याङकीकरण गर्ने अभियानमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
 

आर्थिक वर्ष: