FAQs Complain Problems

समाचार

राप्तीमा लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानमा सरिखहुन सबैमा अनुरोध 

राप्तीमा लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानमा सरिखहुन सबैमा अनुरोध 
तिर्थराज ज्ञवाली
  १४ मंंसिर,मसुरीया(दाङ्ग)
राप्ती गाउँपालिकाकोले  लैङिगक हिंसा र दुब्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका क्षेत्रमा लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियान चलीरहेको छ ।
गाउँपालिकाले मंसीर ९ गते देखी विभिन्न कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका क्षेत्रमा महिला तथा वालवालीकाको क्षेत्रमा काम गर्दै आएका क्रियाशिल संघ संस्था तथा सरेकारवालाहरुलाई कार्यक्रममा सहभागी गराई लिङगको आधारमा हुने भेदभाव अन्त्य गर्न सबैमा अनुरोध गरेको  छ । 
लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानका बारेमा  राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुेवेदिले महिला हिंम्सा गर्नेलाई सजाएको कानुन बनेर आएपनि मानिसहरुले कानुनको नियमलाई नमान्दा लागु गर्न गराउन अफ्ठेरो भएको र  महिला तथा बालबालिकाकै विषयमा न्याय गर्न समेत कहिले काहि महिला तथा बालबालिकाकै कारणले समेत जनप्रतिनिधिहरुलाई गारो गराएको बताउनु भएको छ ।
समाजलाई परिवर्तन गर्न र लैिङ्गक हिंसा विरुद्ध लाग्नका लागि सर्बप्रथम सबैमा  असल नैतिकताको  खाचो रहेको र असल नैतिकता वान बन्नका लागि घर परिवारै वाट अभियान सुरु गर्नुपर्ने अध्यक्ष नुमानन्द सुेवेदिको भनाई रहेको छ 
लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुेवेदिले सबै जना आआफ्नो ठाउवाट विक्रिति विरुद्ध सक्रिय रुपमा लाग्नु पर्ने बताउनु हुन्छ । 
राप्ती गाउँपालिकाको आयोजनामा चलीरहेको लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा  राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले हिंसा के हो भनने बारेमा सबैले बुझेमा मात्र हिंसाको प्रतिकार गर्न सकिने भएकोले हिंसाको वारेमा बुझ्नु सबैका लागि आवस्यक रहेको बताउनु हुन्छ ।
उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले राप्ती गाउँपालिकाको यो अभियानमा सबै संघ संस्था तथा सरोकारवाला  हिंसा विरुद्ध लाग्न अनुरोध गर्नुभएको छ ।
राप्ती गाउँपालिकाको आयोजनामा सुरु भएको  लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा  सरोकारवालहरुले समेत एक्यबद्धता जनाईरहेको अवस्थामा गाउँपालिकाले वडा गत रुपमा समेत अभियान संञ्चालन गरेको छ ।
हाम्रो समाजमा हिम्सा भनेर मार पीट लाई मात्र लिइने भएता पनि कुदिष्ट्र पनि हिम्सा भएको राप्ती गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक विनिता अधिकारी बताउनु हुन्छ । 
राप्ती गाउँपालिकाको आयोजनामा सुरु भएको  लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा  प्रत्यक्ष रुपमा ¥याली, जनचेतना कार्यक्रम, जानकारी लगाएतका कार्यक्रम  गर्ने तय भएको सहायक महिला विकास निरीक्षक विनिता अधिकारी ले जानकारी दिनुभएको छ ।
सहायक महिला विकास निरीक्षक अधिकारीले हिंसामा परेकाहरुनै  अगाडि आएर आफुलाई परेको अन्याय र अत्याचारका बारेमा बोल्न सके हिंसा कम हुदै जाने बताउनुहुन्छ ।
मंसीर ९ गतेदेखी विश्व भरि  सञ्चालन हुदै गरेको लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियानमा राप्ती गाउँपालिकाले आब्हान गरेको राप्ती गाउँपालिका क्षेत्रलाई महिला हिंसा रहित क्षेत्र बनाउने अभियानलाई सफल पार्न हामी सबै लाग्नुपर्ने र  हाम्रो समाज राम्रो समाज निर्माणका लागि नागरिक घरघर बाटै लाग्नु पर्ने प्रबक्ता विद्याशरण चौधरीको भनाई रहेको छ ।
 

आर्थिक वर्ष: