FAQs Complain Problems

समाचार

विद्यार्थिको शिकाई उपलब्धिको आधारमा विषयगत शिक्षकको मुल्याङकन 

विद्यार्थिको शिकाई उपलब्धिको आधारमा विषयगत शिक्षकको मुल्याङकन 
तिर्थराज ज्ञवाली
३० कार्तिक मसुरीया( दाङ)
राप्ती गाउँपालिका गाउँकार्यपालिकाले शुक्रवार नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङको अनुगमन गरेको छ । 
राप्ती गाउँपालिका क्षेत्र भित्रका विद्यालयको अवस्थामा सुधार तथा शैक्षिक गुणस्तर सुधारकालागि विद्यालयहरुको गाउँपालिकाले अनुगमन सुरु गरेको हो ।
अनुगमनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, प्रबक्ता विद्याशरण चौधरी,वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी, सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगाएतको सहभागीता रहेको थियो ।
अनुगमनमा विद्यालयको शैक्षिक अवस्था, विद्यालयको ब्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्यार्थिको शिकाई उपलब्धिको आधारमा विषयगत शिक्षकको मुल्याङकन गर्नका लागि गाँउपालिकाले अनुगमन गर्दै आएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
अनुगमनको क्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक समेतको सहभागीता रहेको थियो ।
अनुगमनको क्रममा कक्षागत रुपमा विद्यार्थी संग सोधपुछ समेत गरिएको छ । शिक्षकको नियमीतता, पोशाक, शिक्षकको शैक्षिक योजना, विद्यालय क्षेत्रको सरसफाई, लगाएको विषयमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीसंग छलफल गरिएको थियो ।

आर्थिक वर्ष: