FAQs Complain Problems

समाचार

शान्ति शुरक्षाको अनुभुति र न्याय प्रप्त गर्न सकिन्छ भन्ने बातावरण प्रहरीले बनाईराख्नुपर्ने ः उपाध्यक्ष जगदम्वा चौधरी

शान्ति शुरक्षाको अनुभुति र न्याय प्रप्त गर्न सकिन्छ भन्ने बातावरण प्रहरीले बनाईराख्नुपर्ने ः उपाध्यक्ष जगदम्वा चौधरी

तिर्थराज ज्ञवाली

१५ भाद्र, सिसहनिया( दाङ)

नागरिकको दुःख सुखमा साथ दिने र प्रहरीको उपस्थीतिमा नागरिकले शान्ति शुरक्षाको अनुभुति र न्याय प्रप्त गर्न सकिन्छ भन्ने बातावरण प्रहरीले बनाईराख्नुपर्ने राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले एक कार्यक्रममा बताउनुभएको छ ।

सिसहनिया उद्योग बाणिज्य संघ को आयोजनामा प्रहरी चौकी सिसहनियाका प्रमुख मिन बहादुर खातीको विदाई तथा सरुवा भै आउनुभएका प्रमुख गिरीराज पोख्रेलको स्वागत कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले प्रहरी उपस्थीत हुनु भनेको आम नागरिकले शान्ति, सद्भाव र सहयोगको प्रत्याभुति गर्नुहो तसर्थ सिसहनिया प्रहरी चौकीले नागरिकको जनभावना अनुसार काम गर्दै जान समेत आग्रह गर्नुभएको छ ।

सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको अध्यक्षता, राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्र राज पाण्डे, राप्ती गाउँपालिका प्रबक्ता विद्याशरण चौधरी, वडा नं ५ का अध्यक्ष गोवर्धन रावत, वडा नं ६ का अध्यक्ष बेद प्रसाद चौधरी, वडा नं ८ का अध्यक्ष गोकर्ण बहादुर रानाको विशिष्ट आथित्यता तथा सिसहनियाका ब्यापारी, उद्योगी, समाज सेविहरुको उपस्थितीमा  विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा विदाई प्राप्त गर्दै प्रहरी चौकी सिसहनियाका प्रमुख मिन बहादुर खातीले सत्य सेवा सुरक्षणमको भावनालाई आत्मसाथ गर्दै आफ्नो ३० वर्षे प्रहरी सेवा सिसहनिया वासीको सेवा र सहयोगमा समर्पीत हुदै बर्दिवाल प्रहरी कार्यकाल सम्पन्न भएपनि अव विना वर्दिको प्रहरी भएर देश र जनताको सेवा गर्ने बताउनुभएको छ । 

कार्यक्रममा प्रहरी चौकी भालुवाङका प्रमुख रविन्द्र राज पाण्डेले हरेक पल शान्ति शुरक्षा तथा अमनचैन नागरिकलाई प्रत्याभुति गराउन प्रहरीलाई नागरिककै सहयोगको आवस्यक रहेको हुदा प्रहरी लाई साथीको रुपमा लिन र सहयोग आदान प्रदान गर्न समेत सबैमा आग्रह गनुएभएको छ ।

राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले  स्थानिय सरकार, जनप्रतिनिधि र प्रहरी सबैको उदेश्य नागरिकको सेवा गर्नु भएकोले सिसहनिया प्रहरी चौकीको स्थापनाले नागरिकहरुमा एकप्रकारको आत्मबलको अनुभुति गरेको बताउनुभएको छ ।

कार्यक्रममा सिसहनियाको प्रहरी चौकी प्रमुखको रुपमा सरुवाभै आउनुभएको प्रमुख गिरीराज पोख्रेले सिसहनिया वासीलाई शान्ति शुरक्षाको प्रत्याभुती आफ्नो कार्यकालमा राम्रो संग गराउने तथा विकृति विसंगतिको विरुद्धमा स्थानिय नागरिकको सहयोगमा आफु लागीपर्ने वताउनुभएको छ ।

कार्यक्रममा सहभागी उद्योग बाणिज्य संघका पदाधिकारी, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु स्थानिय समाजसेविहरु द्धारा बिदाईभई जानुभएका प्रहरी चौकी सिसहनियाका प्रमुख मिन बहादुर खातीलाई यस क्षेत्रको सेवाको लागि धन्यवाद सहित फुल अविर खादा लगाईदिदै विदाई गरिएको छ भने सिसहनिया प्रहरी चौधरीको जिम्मेवारी लिन आउनुभएका प्रमुखलाई सिसहनिया वासिलाई शान्ति शुरक्षाको प्रत्याभुति गराउन आग्रह गदैए फुल खादा सहित स्वागत गरिएको छ ।

कार्यक्रम सिसहनिया उद्योग बाणिज्य संघका कोषाध्यक्ष ईश्वरी आधिकारीको स्वागत तथा महासचिव ठाकुर सुवेदीको संञ्चालनमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष: