FAQs Complain Problems

साक्षरता दिवस राप्ती गाउँपालिकाद्धारा विद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान

तिर्थराज ज्ञवाली भदौ २३, मसुरीया(देउखुरी दाङ)

५५ औं अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर राप्ती गाउँपालिकाले विद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । राप्ती गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखाको समन्वयमा विभिन्न कार्यक्रमको आयोजना गरि अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्टता तथा क्षमताको आधारमा विद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान गरिएको हो । सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अतिथ्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा विद्यालय तथा विद्यार्थीका तर्फवाट साक्षरता दिवसको अवसर पारेर आयोजना गरिएको अतिरिक्त क्रियाकलाप अन्तरगतका उत्कृष्ट कविता बाचन, उत्कृष्ट निबन्ध प्रर्दशन, उत्कृष्ट लोकनृत्य प्रस्तुतिकरणका साथ उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा बालविकास सहयोगी कार्यकर्तालाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । गाउँपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शैक्षिक सत्र २०७७ मा विषयगत उत्कृष्टता प्राप्त गर्ने शिक्षकहरु ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवाका सामाजिक शिक्षक मंगप्रसाद चौधरी, शंकर माध्यामिक विद्यालय पिपरीका अंग्रेजी शिक्षक रामकुमार चौधरी, बाल प्रगती प्राथमिक विद्यालय तल्लो घोसखोला की विज्ञान शिक्षिका सरिता भट्टराई, ज्योती आधारभूत विद्यालय नयाँगाउँका गणित शिक्षक कुलराज जैसी र आदर्श माध्यामिक विद्यालय लालमटिया की नेपाली शिक्षिका दया भण्डारी लाई सममान गरिएको छ । यसै गरि माध्यमिक विद्यालय मौरीघाटका सामाजिक शिक्षक तुलसीरामका सुवेदी , माध्यमिक विद्यालय मौरीघाट का विज्ञान शिक्षक केशवराज आचार्य, सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका नेपाली शिक्षक गोपाल पौडेल , माध्यमिक विद्यालय मौरीघाटकी गणित शिक्षक सन्तोष कुमार नेपाली र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङकी अंग्रेजी शिक्षिका बालिका न्यौपानेलाइृ सम्मान गरिउको छ । गाउँपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर माध्यमिक तह कक्षा ९ र १०का शिक्षक सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका गणेशप्रसाद शर्मा, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका मनोजकुमार चौधरी, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका विष्णुप्रसाद चौधरी, माध्यमिक विद्यालय मौरीघाटका गणित शिक्षक शिवप्रसाद भुसाल,सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका देउकुमार वली र अंग्रेजी शिक्षक रमेश कंडेल लाई सम्मान गरिएको छ । शैक्षिक सत्र २०७७ मा राप्ती गाउँपालिका क्षेत्र भित्रबाट उत्कृष्ट छनौट हुने विद्यालय कर्मचारी तर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङका विद्यालय कर्मचारी विधानचन्द्र अधिकारी र श्री दुर्गाभवानी आधारभूत विद्यालय मसुरियाकि बालविकास सहयोगी कार्यकता मैनावती चौधरी लाई सम्मन गरिएको छ । राप्ती गाउँपालिकाको उत्कृष्ट विद्यालयहरुमा सामुदायिक तर्फ श्री आदर्श माध्यमिक विद्यालय लालमटिया र संस्थागत तर्फ श्री सिरिनभ्याली पब्लिक स्कूल मौरीघाट ले नगद तथा सम्मान पत्र प्राप्त गरेको छ । उत्कृष्ट प्रधानाध्यापक तर्फ सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालय लालमटियाका किरण पोख्रेल र संस्थागत विद्यालय तर्फ श्री सिरिनभ्याली पब्लिक स्कूल का खिमबहादुर के सी उत्कृष्ट हुनु भएको छ । गाउँपालिका स्तरिय विद्यार्थी प्रतिभा पहिचान अन्तरगत निवन्ध प्रतियोगितामा ज्ञानोदय मा वि पत्थरगढवा का विवेक चौधरीप्रथम, आदर्श मा वि लालमटियाका निरज के सी द्धितीय, नेपाल राष्ट्रिय मा वि भालुवाङकी गौमती घर्तीमगर र सिरिनभ्याली पब्लिक स्कूल मौरीघाटकी मेलिना थापा तृतीय हुनु भएको छ । कविता प्रतियोगिता तर्फ नेपाल राष्ट्रिय मा वि भालुवाङ की गौमती घर्तीमगर प्रथम, लिटिल एञ्जल स्कूल राप्ती भालुवाङका कृष्ण पाण्डे द्धितीय र नेपाल राष्ट्रिय मा वि भालुवाङ का मुकुन्द्रराज रोका तृतीय भएका छन् । चित्रकला तर्फ आदर्श मा वि लालमटियाका शिशिर रानामगर प्रथम , रिभर राप्ती बोर्डिङ स्कूल भालुवाङकी मनिषा पुन द्धितीय र मार्टिन ऐकेडेमी पत्थरगढवाकी निप्रियू चौधरीले तृतीय स्थान हासील गर्नु भएको छ । लोक नृत्य तर्फ मुनलाइट बोर्डिङ् स्कूल लालमटियाकी प्रतिष्ठा के सी प्रथम, नेपाल राष्ट्रिय मा वि भालुवाङकी लिला पुन मगर, पुणर्िमा के सी, सुस्मिता राना, सुस्मिता खड्का, प्रेरणा मगर, पवित्रा मगर को टिम द्धितीय र शंकर माध्यामिक विद्यालय पिपरीकी इन्सा चौधरीले तृतीय स्थान प्राप्त गर्नुभएको छ । अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा जगदम्बा कुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नं २ का वडा अध्यक्ष जगतबहादुर थापा, पुरस्कृत मध्ये प्रधानाध्यापक किरण पोख्रेल, पुरस्कृत संस्थागत विद्यालयका ब्यवस्थापन समितिको तर्फवाट प्रकाश विष्टले साक्षरता दिवसको आवस्यकता, अवस्था तथा आगामी योजनाका बारेमा जानकारी गर्नुभएको थियो ।

आर्थिक वर्ष: