FAQs Complain Problems

समाचार

सामुदायीक वडा प्रहरिको पहलमा नियमीत सरसफाई गरिने 

सामुदायीक वडा प्रहरिको पहलमा नियमीत सरसफाई गरिने 
तिर्थराज ज्ञवाली
२५ मंसिर, मसुरीया(दाङ)
राप्तीको वडा नं ५ को सार्वजनिक स्थलको सर सफाई गरिने भएको छ । मंगलवार बसेको समुदायीक वडा प्रहरिको बैठकले यस्तो निर्णय गरेको हो । 
राप्ती गाउँपालिका वडा नं ५ समुदायीक वडा प्रहरि संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतको संयोजकतव तथा प्रहरि चौकी सिसहनियाका ईन्चार्ज गिरिराज पोख्रेलको सह संयोजकत्वमा बसेको बैठकमा वडा नं ५ का विद्यालय, स्वास्थ्य चौकी, बजार क्षेत्र, तथा  बाटोघाटो शुक्रवार  सामुहिक रुपमा नियमीत सरसफाई गर्ने निर्णय गरेको  वडा सचिव  शेर बहादुर हमालले जानकारी दिनुभएछ ।
 

आर्थिक वर्ष: