FAQs Complain Problems

समाचार

मेलमिलाप सम्बन्धी पुर्नताजगी तालिम

राप्ती गाउँपालिका न्यायिक समितिको आयोजनामा मिति २०७८ साल माघ २४ गते देखी २६ गते सम्म मेलमिलाप सम्वन्धि पुर्नताजगी तालिम सुरु भएको छ । वडा बाट विगतमा मेलमिलाप सम्वन्धि तालिम लिनुभएका ३ जना मेलमिलाप कर्ता तथा निगरानी समुहका संयोजकहरुलाई मेलमिलाप सम्वन्धि पुर्नताजगी तालिम सुरु भएको हो । न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षता, गाउँपालिका अध्यष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका कानुनी सल्लाहकार अधिबक्ता सन्तोष पोख्रेल र अटुट कानुनी सेवाका अधिबक्ता कृष्ण कुमार आचार्यले मेलमिलाप सम्वन्धि पुर्नताजगी तालिमको सहजीकरण गर्नु भएको छ । मेलमिलाप सम्वन्धि पुर्नताजगी तालिमका सहभागि मेलमिलाप कर्ता तथा निगरानी समुहका संयोजकहरुलाई न्यायिक समिति सदस्य तारा बहादुर डिसी तथा विद्याशरण चौधरीले स्वागत तथा शुभकामना ब्यक्त गर्नु भएको छ ।

आर्थिक वर्ष: