FAQs Complain Problems

आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजिक सुनुवाई सम्पन्न ।

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न_____
मसुरिया, २० पुस।
राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार गाउँपालिकाको सभाहल, मसुरियामा सम्पन्न भएको छ।
गाउँपालिका तथा मातहतका कार्यालयहरूको काम–कारबाही, सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो।
कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकमैत्री सेवा प्रवाहमा पालिका निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नागरिकहरू प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै त्यसप्रति पालिका सचेत रहेको धारणा राख्नुभयो।
अध्यक्ष विष्टले जनप्रतिनिधि र कर्मचारी इमानदार भए मात्र राष्ट्रले सही निकास पाउने बताउँदै राप्तीवासीका रचनात्मक सुझाव, सल्लाह र खबरदारी निरन्तर आवश्यक रहेको बताउनुभयो। सीमित स्रोत–साधनका कारण काम ढिलो–चाँडो हुन सक्ने उल्लेख गर्दै उहाँले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी जनताको आवश्यकता पूरा गर्ने गरी पालिका अघि बढिरहेको जानकारी दिनुभयो।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पहिलो चौमासिक अवधिसम्ममा गाउँपालिकाले गरेका काम र प्रगतिबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले गाउँपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी नागरिक धारणा समेटिएको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत, सुशासनलगायत गाउँपालिका तथा मातहतका कार्यालयबाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा र सुझाव राखेका थिए। सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासामा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक तथा विभिन्न शाखा प्रमुखहरूले जवाफ दिनुभएको थियो।
स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारका रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम राप्ती गाउँपालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//