समाचार
राप्ती गाउँपालीका
संक्षिप्त परिचय
अनुसार यस राप्ती गाउँपालिका अन्तरगत साविकको सिसहनिया गा.वि.स.,लालमटिया गा.वि.स.र हाँसिपुर गा.वि.स.को वडा नं. १ र २ पर्दछ । यस राप्ती गाउँपालिकाको उत्तर तर्फ घोसखोला, पुर्व र दक्षिण तर्फ राप्ती नदी र पश्चिम तर्फ लमही न.पा.पर्दछ । यस गाउँपालिकाको कुल जनसंख्या जनगणना २०६८ अनुसार ४०,७६४ छ । जम्मा ९ वटा वडाहरु रहेको यस गाउँपालिकाको वडा नं. १,२ र ५ को केही भाग र वडा नं. ९ को पुरै पहाडी क्षेत्र पर्दछ । देविकोट मन्दिर,खड्गेश्वरी मन्दिर,खौरा बाबा जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेको यस गाउँपालिकाको बिचबाट करिव १६ किलोमिटर पुर्व पश्चिम राजमार्ग पर्दछ । यस गाउँपालिकामा पर्ने समथर भु–भाग अत्यन्तै उर्वर र सिंचाईको सुविधा समेत भएकोले कृषि खेती तथा तरकारी वालीको लागि राम्रो संभावना देखिन्छ । थारु जातिको बाहुल्य रहेको यस गाउँपालिकामा ब्रामण,क्षेत्री,ठकुरी,गिरी ,गुरुङ,मगर र दलितहरु पनि रहेका छन ।