FAQs Complain Problems

समाचार

कृषकको क्षमता तथा शिप बृद्धिगर्ने उदेश्यका साथ पत्थरगढवामा तालिम सुरु गरिएको छ ।

नियमित रुपमा जिवन निर्वाहको रुपमा तरकारी खेति तथा कृषि कार्यलाई पेशा बनाउदै आएका कृषकहरुलाई थप ज्ञान शिपका लागि राप्ती गाउँपालिका वडा नं ६ मातालिम सुरु गरिएको हो । राप्ती गाउँपालिका कृषि शाखा तथा मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत ७ दिने तालिम सुरु भएको हो । कृषि शाखा प्रमुख महेश अधिकारीको अध्यक्षता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता तथा वडा अध्यक्ष बेद प्रसाद चौधरीको विशिष्ट आथित्यतामा भएको तालिम उद्धाटन कार्यक्रममा वडा नं ६ का सम्पुर्ण टोलका गरिव विपन्न परिवार तथा मध्यम परिवारका ब्यवसायीक कृषकको सहभागिता रहेको थियो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अधिकृत टिका बस्नेत, कृषि अधिकृत अनिल अधिकारी, सिमा भट्ट, निर्मला गिरी, पशु शाखा प्रमुख शेर बहादुर हमाल, समाजसेवि कमलापति चौधरी शिवध्वज मल्ल लगायतले तालिममा सहभागि कृषकको आगामि दिन ज्ञान मय बनाउन शुभकामना दिनु भएको थियो ।

प्रकार:

आर्थिक वर्ष: