मसुरिया, २६ माघ।
दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ।
चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यसम्पादनको अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।