FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिकामा लैङिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण गरिएको छ ।

कोरोनाको पछिल्लो भेरीयन्ट बाट सुरक्षित रहन मास्क, सेनिटाईजर प्रयोग गर्दै सामाजिक दुरी कायम गरि राप्ती सभाहलमा आयोजना गरिएको लैङिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण कार्यक्रममा कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयले लैङिक समानता तथा सामाजिक समाबेशीकरणका क्षेत्रमा गरेका कार्य प्रगतिको बारेमा परिक्षण गरिएको हो । लैङ्गिक समानता सामाजिक परीक्षण बजेट तर्जुमा नीति, प्रक्रिया र संरचनाको लैङ्गिक सम्वेदनशीलता र जवाफदेहिता मापन गर्न, श्रोतको वांडफांटमा महिलाका आवश्यकता सम्वोधन भए नभएको विश्लेषण गनका लागि गर्ने गरिन्छ । नीति निर्माण र योजना तर्जुमा प्रक्रियामा महिलाका मुद्धालाई छलफलमा ल्याउन र सरोकारवालाहरुलाई उत्तरदायी वन्न उत्प्रेरित गर्न लैङ्गिक मूल प्रवाहीकरणको समग्र प्रक्रियमा योगदान दिने तर्फ उन्मुख लैङ्गिक सम्वेदनशील आर्थिक प्रतिवद्धता निर्माण गर्न सहयोग पु¥याउनका लागि गर्ने लैङ्गिक समानता सामाजिक परीक्षणले गाउपालिकाको योजनाका विभिन्न चरणमा लैससासलाई प्राथमिकिकरण तथा कार्यान्वयनमाप्रभावकारिता ल्याउनको लागि विस्तृत कार्य योजना तयार गर्न मदत गर्दछ । गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको सहभागिता रहको लैङिक समानता तथा सामाजिक समाबेशीकरणमा गाउँपालिकाले हाल गर्न नसकेको कार्यलाई संचालन गर्न योजना निर्माण गरिएको छ ।

आर्थिक वर्ष: