FAQs Complain Problems

 भालुवाङ बजारमा मास्क बैक सुरु

भालुवाङ बजारमा मास्क बैक सुरु
माहुरी होमले भालुवाङ बजारमा मास्क बैक सुरु गरेको छ । कोरोना भाईरसको संक्रमण रहिरहेको अवस्थामा नागरिकको लापर्वाह लाई मध्यनजर गर्दै प्रहरी पोष्टको संरक्षणमा रहनेगरि मास्क बैक स्थापना गरिएको हो । 
मास्क नभएकाले लैजानुस र दिन सक्नेले दिनुस लेखीएको ब्यानरबाट राप्ती गाउँपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष पुण जंग रेश्मीले उद्घाटन गरि मास्क बैकसुरु गर्नु भएको छ । 
यु के एड को सहयोग मा भि एस ओ र इन्टरनेशनल एलर्टको संयुक्त साझेदारीमा माहुरी होम द्वारा संचालीत सहज परियोजना अन्तर्गत माहुरी होम कपीलबस्तुले आफ्नो कार्यक्षेत्रमा मास्क बैक स्थापना गर्दै आएको छ । 
प्रहरी कार्यालय भालुवाङका प्रहरी हवल्दार दान बहादुर महतरालाई माहुरी होम कपलिबस्तुको तर्फवाट प्रतनिधित्वि गर्दै सामाजकि परचिालक पुष्पा बन्जाडेले १ हजार थान मास्क हस्तान्तरण गर्नु भएको छ ।
सो मास्क बैकमा वडा नं १ का मेलमिलाप कर्ता तथा निगरानी समुहकी गौमाया केसीले समुहको तर्फवाट २०० पीस, ब्यापारी तपराज आचार्यले ५० पीस मास्क बैकमा मास्क प्रदान गर्नु भएको थियो । 
कार्यक्रममा उद्योग बाणिज्य संघका भरतमणी न्यौपाने लगायतले सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: