FAQs Complain Problems

समाचार

   स्वास्थ्यको समिक्षा

                             स्वास्थ्यको समिक्षा
 तिर्थराज ज्ञवाली 
 भदौ २६, मसुरीया(देउखुरी दाङ)
यस आर्थिक वर्षको गतिविधिहरु संञ्चालन थालीए संगसंगै गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको काम, उपलब्धिका वारेमा राप्ती गाउँपालिकामा विहिवार समिक्षा गरिएको छ ।
पत्थरगढवा, मौरीघाट र देविकोटका तिन स्वास्थ्य ईकाई, सिसहनिया र लालमटिया स्वास्थ्य चौकी र राप्ती गाउँपालिका स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा कस्तो सेवा प्रवाह भयो भन्ने विषयमा आगामी दिनमा सुधार गर्दै लैजाने उदेश्यका साथ स्वंसमिक्षा गरिएको हो ।
राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता,उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ठ आथित्यता, नौ वटै वडा अध्यक्षहरु, शाखा प्रमुखहरु लगायतको सहभागीता रहेको समिक्षा कार्यक्रममा स्वास्थ्य सेवा संग सम्वन्धित कार्य प्रगति र यस वर्ष गर्नुपर्ने थप्नुपर्ने सेवाका वारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा पत्थरगढवा, मौरीघाट र देविकोटका तिन स्वास्थ्य ईकाई, सिसहनिया र लालमटिया स्वास्थ्य चौकीका प्रमुख हरुले गत वर्ष नागरिकले लिएको सेवा र स्वास्थ्य संस्थाले दिएको सेवाका वारेमा जानकारी गराउनु भएको थियो ।
राप्ती गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरीको अवस्था, खोपको अवस्था, विरामी चेकजाचको अवस्था, क्षयरोगको अवस्था, आकस्मीक विरामीको अवस्था, दक्ष जनशक्तिको अवस्था, भौतिक पुर्वाधारको अवस्था लगायतका वारेमा छलफल सहित समिक्षा गरिएको थियो । 
राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउत र सह संयोजक नमराज न्यौपानेले सहजिकरण गर्नुभएको समिक्षामा शाखागत रुपमा एकै उदेश्यका कार्यक्रमहरु संगै मिलेर प्रभावकारी बनाउने समेत निर्णय गरिएको छ । 
 

आर्थिक वर्ष: