समाचार
अन्तर पालिका ब्याडमिन्टन प्रतियोगीतामा पुरुष तर्फ गढवा र महिला तर्फ राप्ती विजयी ।
तिर्थराज ज्ञवाली फागुन २६, मसुरीया (देउखुरी दाङ) अन्तर पालिका ब्याडमिन्टन प्रतियोगीतामा पुरुष कर्मचारी तर्फ गढवा गाउँपालिका र महिला कर्मचारी तर्फ राप्ती गाउँपालिकाले विजयी हासील गरेको छ । राप्ती गाउँपालिकाको आयोजनामा पालिका स्थापना दिवशको अवसर पारेर कर्मचारीहरु विच अन्तर पालिका ब्याडमिन्टन प्रतियोगीता सुरु भएको थियो । पुरुष कर्मचारी तर्फ गढवा गाउँपालिकाका कैलाश चौधरी र शम्भु चौधरीको टिम प्रथम भएको छ भने महिला कर्मचारी तर्फ राप्ती गाउँपालिकाका अनामीका चौधरी र सिमा भट्टको टिम प्रथम भएको छ । अन्तर पालिका ब्याडमिन्टन प्रतियोगीतामा लमहि नगरपालिकाका राम भजन चौधरी र कृष्ण कुमार नेपालीको टिम द्धितिय भएको छ । महिला कर्मचारी तर्फ राप्ती गाउँपालिकाका नितु चौधरी र पनम कुमालको टिम द्धितिय भएको छ । १७ टिम पुरुष कर्मचारीहरु विच र ४ टिम महिला कर्मचारीहरु रहेको प्रतियोगितामा राप्ती, लमहि, गढवा, राजपुर र सरुमारानी पालिका विच प्रतिस्पर्धा भएको थियो । विजयी टिम तथा खेलाडिहरुलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ । पुरस्कार वितरण कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, लमहि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखीराम वली, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले विजयीहरुलाई बधाई दिदै खेलको उच्च सम्मान गर्नु भएको छ ।