FAQs Complain Problems

समाचार

ईन्टरनेशनल आईडिया नेपाल र गाउँपालिका विच छलफल

ईन्टरनेशनल आईडिया नेपाल र गाउँपालिका विच छलफल

ईन्टरनेशनल आईडिया नेपालले राप्ती गाउँपालिकामा सुशासन सम्वन्धमा छलफल गरेको छ ।
राप्ती गाउँपालिका न्यायीक समिति संयोजक उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको छलफलमा स्थानिय सरकार, कानुन, संधियता, नागरिकको हक अधिकार तथा जनप्रतिनिधिको भुमिका लगायत विषयमा छलफल गरिएको हो । 
ईन्टरनेशनल आईडिया नेपालका बुद्धि कार्की, मुकुन्द रिजाल, सन्तोष गुरुङ, सिसाखा गुरुङ, अंकुश उपे्रती लगायतकाले आईडियाको अभियानका वारेमा जानकारी गर्दै आगामी दिनमा सहकार्यका लागि प्रस्ताव गर्नु भएको थियो । 
छलफलमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल तथा शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।
छलफलको क्रममा मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न, सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन, र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने सम्बन्धमा कानूनी व्यवस्थाका लागि बृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 

तिर्थराज ज्ञवाली
पुष २, मसुरीया(देउखुरी दाङ)

 

आर्थिक वर्ष: