FAQs Complain Problems

उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण ।

नयाँ आर्थिक वर्षमा योजनाका कामहरु कसरी सहज तरिकाले सम्पन्न गर्ने भन्ने बारेमा राप्ती गाउँपालिका दाङमा अभिमुखीकरण गरिएको छ ।
आर्थिक वर्ष २०७७ र ७८ को स्वीकृत योजना तथा कार्यक्रमलाई उपभोक्ता माझ लैजानु पुर्व वडा कार्यालय, गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरुलाई अभिमुखीकरण गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले यस आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी र नागरिकमुखी बनाउदै सम्पन्न गर्ने प्रयत्नमा गाउँपालिका रहेको बताउनु भएको छ । 
कोरोना भाईरसको जोखीम कायमै रहदा नेपाल सरकारले लकडाउन तथा निशेषधाज्ञा खुला गरे संगै योजना निर्माण उपभोक्ता समिति गठन, ईस्टीमेट, बजेट परिचालन, योजनामा प्रयोगहुने सामाग्रीको पहुचता, जिल्ला तथा गाउँपालिका दररेट लगायतका विषयमा अभिमुखीकरण गरिएको छ ।
राप्ती गाउँपालिका योजना तथा विकास शाखाको आयोजनामा भएको अभिमुखीकरण पश्चात वडा, गाउँपालिका, प्रदेश र केन्द्रको योजनाहरुकोे कार्य सुरु गरिने बताईएको छ । 
वडा कार्यालय तथा गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरुलाई अभिमुखीकरण गरिए संगै केहि दिनमै उपभोक्ता समितिलाई समेत अभिमुखीकरण गरिने भएको छ । \

तिर्थराज ज्ञवाली
असोज ४, मसुरीया (देउखुरी दाङ)

आर्थिक वर्ष: