FAQs Complain Problems

समाचार

कटाई सिलाई तालिम सुरु, तालीमको सदुपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह 

कटाई सिलाई तालिम सुरु, तालीमको सदुपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह 

राप्ती गाउँपालिकाको वडा नं २ मा सुरु गरिएको सिलाई कटाई तालीमका प्रशिक्षार्थीहरुलाई तालीमको सहि सदुपयोग गर्न आग्रह गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं २ को आयोजनामा सुरु गरिएको दुई महिने कटाई सिलाई तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले राप्ती गाउँपालिका सदैव नागरिकलाई स्वरोजगार बनाउन शिप दिलाउन लागिरहेकोले र शिपमुलक तालीमको आयोजना गर्दा धेरै रकम खर्च हुने र धेरैलाई एकै पटक तालिम दिन नसक्दा धेरै नागरिकको गुनासो समेत आउने हुदा तालिममा छनौट परेकाहरुले सहि सदुपयोग गर्न र सबै नागरिकले शिक्षा प्राप्त गर्दै शिप समेत लिनु आवस्यक रहेको बताउनु भएको छ ।

राप्ती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा सम्पन्न कटाई सिलाई तालिम उद्घाटन तालीममा वडा नं २ का अति विपन्न ललित, जनजाति, तथा अन्य जातजातिका महिलाहरुलाई तालिम सुरु गरिएको हो ।

तालीमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी वडा अध्यक्ष जगत बहादुर थापा, वडा सदस्य बसन्त नेपाली, लाल बहादुर चौधरी, फुर्सी नेपाली, वडा सचिव सीता भण्डारीले तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

तिर्थराज ज्ञवाली 

 २१ चैत्र, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: