FAQs Complain Problems

समाचार

खुुरुरीयामा एक दिने पशुु स्वास्थ्य शिविर सम्पन्न

विश्व भेटनरी दिवशको अवसरमा राप्ती गाउँपालिका वडा न. ३ को खुुरुरीयामा एक दिने पशुु स्वास्थ्य शिविर एवं निशुुल्क खोप तथा आन्तरीक परिजिवी विरुद्ध औषधि खुुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती गाउँपालिकाको सहयोग तथा राप्ती प्राविधिक शिक्षालय मौरीघाटको आयोजनामा १ हजार २ सय ७५ गाई भैसीमा खोरेत विरुद्ध खोप तथा माटे जुुकाको औषधि खुुवाउने, ३ सय २२ बाख्रा भेडामा भित्रि वाहिरी परजिवी विरुद्ध खोप तथा औषधि खुुवाउने, ४ सय ३१ बंगुुर सुुङ्गुुरमा स्वाईन फीगर विरुद्ध खोप लगाउने कार्य सम्पन्न भएको छ । 
शिवीरमा २८ गाई भैसीको थुुनेलो परिक्षण गरिएको मा १२ गाई भैसीमा गम्भीर थुुनेलो भएको पाईएकोमा उपचार गरिएको छ । साथै ६७ पशुुहरुको गोवर परिक्षण समेत गरि सहभागी तथा पशुु पालक कृषकलाई पशुु स्वाथ्य सम्वन्धि ज्ञान पनि दिईएको राप्ती गाउँपालिका पशुु सेवा साखा प्रमुुख हेमराज आचार्यले जानकारी दिनुुभएको छ । 
शिवीर राप्ती गाउँपालिका वडा न. ३ का सदस्य रामनाथ चौधरीको अध्यक्षता तथा पशुु चिकित्सक डा. राजुु भुुसाल, चिकित्सक डा.विष्णुु सुुवेदी, राप्ती गाउँपालिका पशुु सेवा साखा प्रमुुख हेमराज आचार्य, लालमटिया पशुुसेवा केन्द्रका राज विक्रम चौधरी, लमहि पशुुसेवा केन्द्रका गणेश कुुमार चौधरी, प्राईभेट पाराभेटका तिलक अधिकारी, कृष्ण विष्ट, राप्ती प्राविधिक शिक्षालयका डिप्लोमा दोस्रो वर्षका विद्यार्थीहरुको प्रत्यक्ष उपचार तथा परामर्शमा सम्पन्न भएको छ ।
 

आर्थिक वर्ष: