FAQs Complain Problems

समाचार

खेलकुद प्रतियोगीता सम्पन्न क्रिकेट फुटवल प्रथमलाई विस विस हजार नगद एवं प्रमाणपत्र

खेलकुद प्रतियोगीता सम्पन्न क्रिकेट फुटवल प्रथमलाई विस विस हजार नगद एवं प्रमाणपत्र 
तिर्थराज ज्ञवाली 
२९ पौष, मसुरीया(दाङ)
राप्ती गाउँपालिका वडा नं २ मा वडा स्तरिय खेलकुद प्रतियोगीता आईतवार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका वडा नं २ को यस आर्थिक वर्ष २०७५।०७६को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत वडा स्तरिय खेलकुद प्रतियोगीता कार्यक्रम आयोजना गरिएको थियो ।
फुटवल, ब्याडमीन्टन र क्रिकेट खेल सञ्चालन भएको र यस खेलको आयोजनाले स्थानिय खेलाडीहरको प्रतिभा प्रस्फुटन तथा खेलकुद प्रति रुचि बढाउने कार्यका लागि कार्यक्रमको आयोजना गरिएको वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिनुभएको छ ।
गत बुधवार देखी सुरु भएको कार्यक्रमको समापन कार्यक्रममा बोल्दै राप्ती  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले  २ नं वडाले सञ्चालन गरेको खेलकुद कार्यक्रम जस्तै अन्य वडाहरुले समेत प्रतियोगीता सञ्चालन पश्यात यस क्षेत्रका युवा तथा खेल प्रेमीहरुलाई खेल प्रतिको रुचिको विकास हुने र दक्ष खेलाडिको पहिचान गराउन समेत खेलकुद प्रतियोगीता आवस्यक रहेको बताउनुभएको छ ।
राप्ती गाउँपालिका वडा नं २  का वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता एवं  प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यतामा विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगीतामा ब्यडमीन्टन तर्फ स्याम रोका र हिरामणी शर्माको टोली प्रथम, नारायण रोकाको टोली द्धितिय, फुटवल खेल तर्फ दिपक खनालको टोली प्रथम,सरद घिमिरेको टोली द्धितिय, क्रिकेट खेल तर्फ पवन पाण्डेको टिम प्रथम र सुवाष भुसालको टोली द्धितियहुन सफल भएको छ । 
विजयी टोलीलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ । नगद पुरस्कारमा  ब्यडमीन्टन तर्फ प्रथम लाई पाँच हजार, द्धितियलाई एक हजार पाँच सय, फुटवल खेल तर्फ प्रथम लाई विस हजार र द्धितिय लाई दश हजार, क्रिकेट खेल प्रथमलाई  विस हजार  र द्धितिय लाई दश हजार प्रदान गरिएको छ ।

 

आर्थिक वर्ष: