FAQs Complain Problems

समाचार

गणतन्त्र दिवशको अवसरमा राप्ती गाउँपालिकामा अन्तरकृया

गणतन्त्र दिवशको अवसरमा राप्ती गाउँपालिका मसुरीयाले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका भित्रका राजनितिक दलका प्रतिनिधि, नागरिक अगुवा संघ संस्थाका प्रतिनिधिहरु, कर्मचारीहरुको सहभागीता रहेको थियो । गणतन्त्र स्थापना पश्चात नागरिकले पाएका हक अधिकार तथा परिवर्तित अवस्थाका वारेमा सरभागीहरुले विचार ब्यक्त्त गर्नुभएको थियो ।

राप्ती गाउँपालिकाका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिले हालको स्थानिय सरकार, यसको जनताप्रतिको सरोकार, जनताको सहजतालाई सर्वोपरि ठानेर काम गर्न सकीयोभने  र गणतन्त्र स्थापनामा बलिदान दिने सहिदहरुको आशा पुरा गर्न सकेमात्र  गणतन्त्र  स्थापनाको महसुस हुनेहुदा सबै जनप्रतिनिधि जनता प्रति बफदार हुनुपर्ने र सबैले यसमा सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा राप्ती गाउँपालिका गाउँकार्यपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल,  वडा अध्यक्ष तथा प्रवक्ता  विद्याशरण चौधरी, नेकपा एमाले राप्ती गाउँपालिका अध्यक्ष किरण भण्डारी,  नेपाली काग्रेश राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, माओवादि केन्द्र राप्ती गाउँपालिका  अध्यक्ष धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल, समाजसेवि पदम रिजाल, राप्ती सामुदायिक वन महासंघ अध्यक्ष हरी भुसाल, दल बहादुर घर्ती लगायतकाले गणतन्त्र स्थापनाको जनतालाई प्रत्याभुति  दिलाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका सह लेखापाल रेशमराज अधिकारीले गर्नुभएको थियो ।

गणतन्त्र दिवसको अवसरमा राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका सबै कर्मचारीले कार्यालय वरपरको तथा कार्यालय देखी पुर्व पश्चिम राजमार्ग सम्मको वातावरण सफा राख्न सरसफाई समेत गरिएको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका सबै शाखा प्रमुखहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: